पौष २५, सल्यान । सल्यानको शारदा नगरपालिकालेसल्यानी खुकुरीको प्रबर्द्धनका छलफल तथा समिति गठन गरेको छ ।
सोमबार नगरपालिका भित्र रहेका आरन ब्यबसायमा संलग्न ब्यक्तिहरुसंग छलफल गरि नगरपालिकाले समिति गठन गरेको हो ।
देशमै प्रसिद्ध सल्यानी खुकुरीलाई ब्राण्डिङ गरि बिश्व बजारमा पहिचान स्थापित गराउने उद्देश्यका साथ छलफल तथा समिति गठन गरेको नगरपालिकाले बताएको छ ।
छ्लफलमा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी, उप प्रमुख सुस्मिता सापकोटा, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख नृपजङ शाही, २ नम्बर वडा अध्यक्ष सबिन हमाल, नगरपालिकाका योजना अधिकृत केशव बुढाथोकी, लगायत नगरका १५ वटै वडाबाट आउनु भएका खुकुरी तथा आरन व्यवसायिहरुको सहभागीता रहेको थियो ।
छलफल पश्रात आरन ब्यबसायी मध्येबाट इन्द्रबहादुर बिकको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ ।
नब गठित समितीले खुकुरी व्यावसायिलाई एकीकृत गरि सीप,तालिम र उत्पादनको कामलाई अगाडि बढाउने छ, त्यसका लागि नगरपालिकाले उचित कार्यक्रम, बजेट ब्यबस्थापन र माथिल्ला निकाय संग पहल गर्ने नगरपालिकाले बताएको छ ।