सल्यानमा खुर्पा प्रहार गरि आफ्नै भान्जाको हत्या

माघ ०१, सल्यान । सल्यानमा एक पुरुषले आफ्नै सहोदर भान्जालाइ खुर्पा प्रहार गरि हत्या गरेका छ्न ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० माझकाडा बस्ने ३४ बर्षिय डम्बर पुरीले सोही ठाउँका ८ बर्षिय भान्जा भिजन घर्तीलाई खुर्पा प्रहार गरि हत्या गरेका हुन ।

शनिबार दिउसो करिब २ बजेको समयमा आफ्नो घर आगन अगाडि रहेको मन्दीर भित्र खुर्पा प्रहार गरि टाउको र शरीर अगल पारेर लास मन्दिर भित्र खाडल खनेर पुरिएको अवस्थामा फेला परेको थियो ।

घटनाको बारेमा जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय देबस्थल सल्यानबाट प्रहरी सहायक निरीक्षक ऋषिराम दाहालको कमान्डमा ५ जनाको प्रहरी टोलि र जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक गोपाल श्रेष्ठको कमान्डमा SOCO सहित ७ जनाको प्रहरी टोलि खटेर घटनास्थलमा पुगेको थियो ।

प्रहरीले हत्या गर्ने मामालाइ खुर्पा सहित नियन्त्रणमा लिएको छ । उनको मानसिक अवस्था ठिक नभएको बताएको छ ।

प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस