
माघ १३, सल्यान – बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमद्वारा नगरपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको छ ।
एक कार्यक्रमबिच बागचाैर नगरपालिकाको प्रशासनिक भवन सारिएको हो । भवन निर्माण भएको झण्डै ४ बर्षपछि नगरपालिका आफ्नो भवनमा सरेको हो ।
विगतमा घरभाडा बापत १० प्रतिशत करकट्टी गरेर ४४ हजार एक सय रुपैँया तिर्दै आएको नगरपालिकाले १० प्रतिशत करकट्टी गरेर ४८ हजार ५ सय १० रुपैँया तिर्दै आएको थियो ।
नगरपालिका आफ्नै भवनमा सरेपछि घरभाडा बापतको मासिक झण्डै ४८ हजार रुपैयाँ बचत भएको बागचाैर नगरपालिकाले जनाएको छ ।
भवन निर्माण भएपछी नगरपालिकाको भवनको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो, कोरोना महामारीको बेला भवनमा आइसोलेसन निर्माण गरिएको थियो भने विभिन्न समस्याका कारण नगरपालिका आफ्नै भवनमा सर्न सकेको थिएन ,बागचौर नगरपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष समेत रहेका बागचाैर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले नगरपालिका आफ्नै भवनमा सरेपछि नगरपालिकाको सेवामा थप सहजआउने बताएका छन् ।
नगरप्रमुख गौतमले आफ्नो बाबु बाजेले भोग चलन गर्दै आएको जग्गालाई नगरपालिका निर्माणका जग्गा दान र नगद दान गर्ने सबै दानवीरलाई आभार व्यक्त गरेका छन् ।
नगर प्रमुख गौतमले जनताबिच गरिएको बाचा पूरा गरेको बताउँदै निकै समस्याका बाबजुत पनि नगरपालिका सार्न सफल भएको जनाएका छन् ।