
माघ २६, सल्यान । सल्यानको शारदा नगरपालिका १ सितलपाटीमा रहेको शिवजन माध्यामिक बिधालयका बिद्यार्थी आन्दोलनमा उत्रिएका छन ।
एसइइ परिक्षाको तयारिमा रहेका बिद्यार्थीहरुलाइ शिक्षक अपुग भएको कारण पढाइमा बाधा परेको र अन्य कक्षाकोठाको पढाईपनि अस्तब्यस्थ भएको हुनाले बिद्यार्थीहरुले आन्दोलन गरेका हुन ।
उक्त बिधालयमा बिगत ३ बर्षदेखि राजनैतिक खिचातानिले बिधालय ब्यबस्थापन समिति गठन हुन सकेको छैन ।
शिक्षकहरुलाइ यस बिषयमा बारम्बार ताकेता गर्दापनी कहिले नगरप्रमुखलाई दोष दिने कहिले शिक्षा शाखालाई दोष दिने गरेको हुनाले बाध्य भएर आन्दोलनमा उत्रिएको बिद्यार्थीको भनाइ छ ।
प्रधानाध्यापक प्रती आक्रोशित बिद्यार्थीहरुले प्रधानध्यापकै कार्यकक्षमा ताला लगाएका छन ।
प्रकाशित मिति : २०७९ माघ २६ गते बिहिवार