पवन कुमार ओलीको झ्याउरे गीत साईलो दाई सार्वजनिक ।

फागुन ६ ।
सल्यानी गायक पवन कुमार ओलीको झ्याउरे गीत साईलो दाई युट्युबमा सार्वजनिक भएको छ ।

सल्यानी टिफिकल गित साईलो दाई बोलको गीतमा पवन कुमार ओली र सुनिता बुढा क्षेत्रिको स्वर रहेको छ ,भने पवन कुमार ओली , हरि गन्धर्व र जानकी गन्धर्वको लय संकलन र शब्द रहेको छ ।साईलो दाई गीतमा कृष क्षेत्री, तिलक ठकुरी क्षेत्री, ममता राना मगर लगायतका कलाकारहरुको अभियान रहेको छ भने गीतको निर्देशन तिलक ठकुरी क्षेत्रीको र रहेको छ ।

गीतमा शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीको नृत्य समेत देख्न सकिन्छ ,गीत कृष क्षेत्री युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।

साईलो दाई बोलको गीतमा सल्यानको शारदा नगरपालिका स्थित संगीत टोलका गन्धर्वहरुले विभिन्न मेला पर्वमा परापुर्बकाल देखि गाउदै आएको गीतलाई संकलन गरेर रेकड गरिएको गायक पवन कुमार ओलीले जानकारी दिए।

साईलो दाई बोलको गित सल्यान जिल्लाको मौलिक भाका हो । पछिल्लो नयाँ पुस्ताले पुरानो सस्कृती भुल्दै गएकाे बेला यो गितमा हाम्रो माैलिकता भेट्न सकिन्छ । गीतका शब्दहरुले सल्यान र आसपासका जिल्लाहरुमा बोलिने भाषाहरुको झल्को दिने रहेको छ ।

यस अगाडि वि.स. २०६७ सालामा गायक पवनकुमार ओलिले ‘तिमिलाई के था’ किन रुन्छु म ,भन्ने बोलको गीत सार्बजनिक गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस