सल्यानको बागचौर नगरपालिकामा एक महिला घरमा मृत फेला

फागुन ०७, सल्यान । सल्यानको बागचौर नगरपालिका १० बाङगेखर्कमा एक महिला आफ्नै घरमा मृत फेला परेकी छिन ।
बागचौर नगरपालिका १० बाङगेखर्क निवासी ३३ बर्षीय टिका खड्का आइतबार बिहान करिव १:५० बजेको समयमा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

उनी घरको भान्सा कोठामा मृत भेटिएकी थिइन । घटनाको बारेमा जानकारी आए पश्चात उक्त स्थानमा ईलाका प्रहरी कार्यालय थारमारे बाट प्र.नि. कनक बहादुर शाहीको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

घटनाको प्रारम्भिक जानकारी अनुसार लास घटना स्थलमा रहेको र मृतक महिला पेट दुख्ने बिरामी रहेको भन्ने बुझिएको प्रहरीले जनाएको छ ,साथमा ३ बर्षको छोरापनि थिए ।

मृतकका माईति पक्षले भने हत्या श्रीमानले गरेको आरोप लगाएका छन ,घटना स्थलको प्रारारम्भिक कार्य पुरा गरी पोस्टमार्टमको लागी जिल्ला अस्पताल सल्यान तर्फ पठाएको प्र.नि. कनक बहादुर शाहिले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस