बागचौर नगरपालिका वडा न.३ बिगत २ हप्तादेखी सचीव बिहिन – सेवाग्राहीलाई सास्ती

फागुन ८ सल्यान ।
बागचौर नगरपालिका वडा नम्बर ३ को कार्यालय बिगत २ हप्तादेखी सचीव बिहिन भएको छ ।
वडा सचीव चन्द्रा डि सि रमना लिएर नगरपालिकाको राजस्व शाखामा जादा २ हप्ता पहिलेदेखी वडा कार्यालय सचीव बिहिन भएको हो ।

बिगत २ हप्तादेखि वडा कार्यालय सचीव बिहिनहुँदा दैनिक आउने सेवाग्राहीले दुख पाएकाे गुनासो गरेका छन् ।
यहि माघ २२ गते हाजिरी हुने भनी वडा न.१ को सचीवलाई नगरले पत्र पठाएको तर अहिलेसम्म नआएको वडा न.३ का अध्यक्ष भिम बहादुर भन्डारीले जानकारी दिए ।

वडा कार्यालयमा विभिन्न कामको लागी आउने सेवाग्राहीको भिड देखिन्छ , योजनाको सम्झौता सिफारिस लिन १ हप्तादेखी वडा कार्यालय धाएकाे वडामा सचीव नहुदा दुख पाएको सेवाग्राही घन बहादुर के सिले गुनासो पोखे ।

थप जानकारी लिन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गौतमलाई बुझ्न खोज्दा गर्दा उनको फोन उठेन ।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस