फागुन १४ सल्यान !
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी सल्यानको अध्यक्षमा दिपक खड्का चयन भएका छन् ।
आज बागचाैरमा भएकाे २१ औ जिल्ला सम्मेलनबाट खड्काकाे अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी चयन गरिएकाे हाे । उपाध्यक्षमा अनिल रोका, सचीवमा भिम रोका, सह सचिवमा टिकाराम खड्का र कोषाध्यक्षमा शैलेस क्षेत्री रहेका छन् ।
वलिदान दिवसको अवसरमा बागचाैरमा भएकाे,कार्यक्रममा नेकपा सल्यानले सहिद तथा बेपत्ता योद्धाका परिवारजन र घाइते अपाङ्गहरुलाई अभिनन्दन तथा सम्मान समेत गरिएकाे थियाे ।
कार्यक्रम गर्नुपुर्व र्याली निकालेर बागचाैर बजार परिक्रमा गरिएकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्तिव्युराे इन्चार्ज सविन पाेखरेलले नेपाली जनताले जनयुद्ध मार्फत राखेका इच्छा चाहना र उद्वेस्य पूरा नभएको हुनाले आफ्नो पार्टीले क्रान्ति जारि राखेको बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल, केन्द्रीय प्रतिनिधि समिति सदस्य विकास, केन्द्रीय प्रतिनिधि समिति सदस्य भीम भारती,अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य हरि पुन लगायतका नेताहरुकाे उपस्थिति रहेको थियो ।
नेकपा दक्षिण जिल्ला सचिव वीर बहादुरकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन उत्तर जिल्ला सचिव मदन चन्दले गरेका थिए । कार्यक्रममा उपस्थितहरुलाई पार्टीका बागचाैर नगर इन्चार्ज कमरेड टाेप बहादुर वलिले स्वागत मन्तव्य दिएर स्वागत गरेका थिए ।
अखिल क्रान्तिकारी सल्यानको अध्यक्षमा दिपक खड्का
प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस