ब्राईट राेजल्याण्ड बाेर्डिङ स्कुल बागचाैर काे १६ औं बार्षिक उत्सव सम्पन्न

फागुन ३० सल्यान ।
सल्यान जिल्ला क्षेत्र नं १ कै सबैभन्दा ठुलाे र पुरानो निजि बिद्यालय बाईट राेजल्याण्ड बाेर्डिङ स्कुल काे १६ अाै बार्षिक उत्सव तथा बृहत संस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा बार्षिक कार्यतालिका अनुसारका सम्पूर्ण कार्यक्रम काे पुरस्कार बितरण गरि सबैभन्दा बढि हाजिरी हुने शिक्षक लाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा ३५० भन्दा बढि बिध्यार्थि पुरस्कृत भएका थिए । भने बिध्यार्थि हरुले १६ वटा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतम बिशिस्ट अतिथि उप प्रमुख सुम्निमा डि सि वलि , शिक्षा शाखा प्रमुख चित्रा बस्नेत भण्डारी, प्याब्सन सल्यान का उपाध्यक्ष भरत बस्नेत , अतिथि बागचाैर नगरपालिका वडा नं २ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिपेश डि सि, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम मा बाेल्दै नगर प्रमुख जनकराज गाैतम बिध्यालय लाई उत्तराेत्तर प्रगति को शुभकामना दिदै याे बिधालय जिल्लामै उत्तकृष्ट नतिजा ल्याउन सफल भएकाेले अव बागचाैर नगरपालिका ले गुणस्तरीय शिक्षा काे मात्र कदर गर्ने आफुले अव निजि बिधालय लाइ पनि आबस्यक निति निर्माण मा सहयाेग गर्ने बताएका छन, त्यस्तै वडा २ नं अध्यक्ष तथा नगर प्रबक्ता दिपेश डि सि ले निजि बिधालयलाई पनि आफुहरुले नगरका सम्पूर्ण क्रियाकलापहरुमा सहभागी बनाउदै आएकाे र यसकाे निरन्तरता दिने बिश्वास दिलाएका थिए ।

अंग्रेजी शिक्षक जिवन रसाइली काे स्वागत मन्तब्य बाट सुरु भएकाे कार्यक्रम काे अध्यक्षता प्रधानाध्यापक इन्द्र बहादुर भण्डारी काे रहेकाे थियाे भने कार्यक्रम काे सहजिकरण काेडिनेटर खिमराज डि सि ले गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस