कालाेपत्रे र नाली निर्माण गर्न भनी नगरपालिकाले हटायाे थारमारेका अव्यवस्थित संरचनाहरु ।

चैत २८ सल्यान ।
बागचाैर नगरपालिकाले पालिकाकाे प्रमुख व्यापारिक केन्द्र थारमारे बजार क्षेत्र भित्रका अस्थायी संरचनाहरु हटाएको छ
थारमारे बजार क्षेत्र भित्र राप्ती राजमार्गकाे दायाँबायाँ, जनकल्याण नमुना माध्यमिक विद्यालयकाे प्रवेश द्वार चाैरजहारी राेड सम्मकाे खाली ठाउँमा कालाेपत्रे तथा नाली निर्माणका लागि सडकमा अव्यवस्थित तरिकाले बनाएका संरचनाहरु हटाएको हाे ।

थारमारे बजारमा बागचाैर नगरपालिका र सडक डिभिजन कार्यालय दाङको समन्वयमा कालाे पत्रे तथा नाली निर्माण गरिने भएको छ ।

बजारक्षेत्र भित्र संरचनाहरु भएर बजार अव्यवस्थित भएको गुनासो आएपछि बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमकाे निर्देशन तथा अन्य जनप्रतिनिधि, थारमारे बजार व्यवस्थापन समिति, व्यापारी लगायतको सहयोगमा संरचनाहरु हटाइएको हो ।

प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस