सल्यानकाे बागचाैरमा बागचाैर कृषि, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महाेत्सव संचालन हुने

बैशाख ११ सल्यान ।
सल्यानकाे बागचाैरमा बागचाैर कृषि, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महाेत्सव संचालन हुने भएको छ । युनिभर्सल युथ क्लब थारमारे सल्यानकाे आयोजनामा महाेत्सव संचालन हुने भएको हाे ।महोत्सव यही वैशाख १७ गतेदेखी २४ गतेसम्म ७ दिन सम्म संचालन हुनेछ ।

महाेत्सवकाे मुल नारा स्थानीय कला, संस्कृति, कृषि, उद्योग र पर्यटन, व्यापार प्रबर्द्धन गर्ने हाम्रो अभियान भन्ने राखिएकाे छ । महाेत्सवकाे बारेमा जानकारी दिन साेमबार बागचाैरमा पत्रकार सम्मेलनकाे आयाेजना गरिएकाे थियाे ।

महोत्सवमा १०० भन्दा बढी स्टलहरु राखिने महाेत्सव संयोजक अनिमेष के.सी बताउछन् । सल्यानमा हुने विभिन्न कृषि उत्पादन सामाग्री, घरेलु उद्याेगबाट उत्पादित समाग्रीहरु महाेत्सवमा राखिने छ ।

महाेत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुकाे सहभागीता रहने र बाल उद्यान, पिङ, लगाएतका मनाेरन्जनात्मक बस्तु राखिने प्रचारप्रसार समितिका संयाेजक सुदिप घर्तीले बताय । उनका अनुसार महोत्सवमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दैनिक ७ लाख बढीको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।

प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस