दास्राे मेयरकप खेलकुद प्रतियोगिता बागचाैर नगरपालिकामा संचालन ।

जेठ ७,सल्यान ।
सल्यानको बागचाैर नगरपालिकाको दोस्रो मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ, स्वास्थ्यका लागि खेलकुद, रास्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ बागचाैरको अग्ला टाकुरा भ्यू टावरमा दोस्रो मेयर कप प्रतियोगिताको आज आइतबार उद्घाटन गरिएको हो ।

बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतमको अध्यक्षता, जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलको प्रमुख आतिथ्यतामा प्रतियोगिताकाे समुद्घाटन भएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले नेपालमा ब्यवसायिक खेलकुद हुन नसेको बताउनुभएको छ । छिमेकी रास्ट्रहरुले खेल क्षेत्रमा गरेको उपलब्धिलाई उदाहरण दिदै नेपालमा पनि राज्यले खेलाडीको उचित व्यवस्थापन गर्दै खेल क्षेत्रमा समन्वयकारी भूमिका खेल्नुपर्ने बताए ।
यस्तै नगर प्रमुख गौतमले बागचौर नगरबासीको समृद्धि र विकास निर्माणमा माथि उठ्न जनताले दिएको जिम्मेवारीलाई कुसलतापुर्वक आफुले निर्वाह गरेको बताएा ,आफुले खेल र खेलाडी नगरपालिकाको गहाना भएकोले सधै उच्च सम्मान गरेको पनि धारण राखे ।

दोस्रो मेयर कप उद्घाटन कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार तथा नगर भित्रका १२ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य नगरपालिकामा कार्यरत कर्मचारीहरु, बागचाैर नगरपालिकाका सबै वडाका खेलाडीहरु, विभिन्न वडाका आमा समूहहरु लगायत खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।
मेयर कपमा नगरभित्रका १२ वटा वडाका खेलाडी बिच भलिवल, कवड्डी, एथ्लेटिक्स र मार्सलआर्ट तर्फका सबै विधाका खेल संचालन हुने र मेयर कप जेठ १० गते सम्म चल्ने बागचाैर नगरपालिका युवा तथा खेलकुद बिकास संयोजन तथा १२ नम्बर वडा अध्यक्ष टिकाराम ओलिले जानकारी दिए।

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस