सल्यानको बागचौर नगरपालिका वडा नं.५मा रहेका वादी समुदायका लागी सिपमुलक कार्यक्रमको उत्घाटन भएको छ।
बागचौर नगरपालिकाको आयोजना र लैगिक समानता तथा सामाजिक समाजिकरण नेपालको सहजिकरणमा मादल तथा बाजागाजा बनाउने तालिम दिना थालिएको हो। आज देखि शुरु भएको तालिम असार,२गते सम्म चल्ने छ भने तालिममा २०जना सहभागी हुने छ आफानो पुर्खेउली पेशा नयाँ पुस्ताले बिर्सदै गएको अबस्थामा नगरपालिकाले तालिमको आयोजना गर्दा आफुहरु खुसि भएको सहभागिले बताएका थिए।
कार्यक्रममा कार्यपालिका सदस्य रेशम बि.क,सामाजिक बिकास शाखाका बिसाल ओलि लगायतको उपस्थिती रहेको थियो। बागचौर नगरपालिकाका प्रवता तथा वडा न.२ वडा अध्यक्ष दिपेश डि।सीको प्रमुख आथित्यताका शुरु भएको कार्यत्रमको सभाध्यक्ष बागचौर नगरपालिका वडा न.५ का वडा अध्यक्ष जोगेन्द्र ओलीले गरेका थिए ।
प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार