सल्यान जिल्लामा बेसबल तथा सफ्टबल संघ गठन : अध्यक्षमा के.सी र सचिवमा बस्नेत

जेठ ३०, सल्यान । सल्यान जिल्लामा बेसबल तथा सफ्टबल संघ गठन भएको छ । आज मङ्गलबार सम्पन्न भएको भेलाबाट कमल केसीको अध्यक्ष र सचिवमा सुमन बस्नेत चयन हुनु भएको हो ।

सल्यान जिल्लामा बेसवल गठन गर्नुको मुख्य उदेश्य जिल्ला खेलकुदको बिकासको लागि र खेलाडी उत्पादन गर्ने उदेश्यले गठन गरेको सल्यान जिल्ला बेसबल तथा सफ्ट्बल संधका अध्यक्ष कमल के.सि ले बताउनु भयो । जिल्ला उपाध्यक्षमा दिनेश कुमार बुढाथोकि, सचिवमा सुमन बस्नेत कोषाध्यक्षमा  प्रेम बहादुर रेउले, सदस्यहरुमा गंगा बुढाथोकि प्रेम भण्डारी, उदय थापा निर्विरोध निर्वाचित भएका छन् । यसैबीच संघको केन्द्रिय प्रतिनिधिमा कमल के.सी यसैगरी  प्रदेश प्रतिनिधिमा सृजना बि.सी  उदय थापा लाई चयन गरिएको छ ।कार्यक्रम सल्यान जिल्ला खेलकुद समितिका सदस्यसचिव तुफान वलिको प्रमुख आथिथ्यतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस