सल्यानको एक विद्यालयमा माछापुच्छ्रे बैंकले पानी पुर्याउदै

माघ ११, सल्यान ।
माछापुच्छ्रे बैंक लिमिटेडले सल्यानको शारदा नगरपालिका–१५ माल्नेटामा रहेको त्रिभुवन जन माद्यामिक बिद्यालयमा खानेपानी पुर्याउने भएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत यसबर्ष माल्नेटामा रहेको यस बिद्यालयमा खानेपानी पुर्याउने लक्ष्य लिइएको हो । बैँकले बिद्यालयमा खानेपानी सुविधा पुर्याउने गरेर बिद्यालयसँग सम्झौता गरेको छ ।

बैँकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुवास रावतका विचमा हस्ताक्षर भएको छ । जसअनुसार बिद्यालयमा १० लाख ७२ हजार रुपैँयाको लागतमा बैँकले खानेपानीको सुविधा उपलब्ध गराउने भएको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत यसबर्ष माल्नेटामा रहेको बिद्यालयमा खानेपानी पुर्याउने लक्ष्य लिइएको हो ।

यसका लागि बिद्यालयबाट करिब साढेँ तीन किलोमिटर टाढा रहेको बडाखोलाको घारीमुहानबाट खानेपानी बिद्यालयमा ल्याइने छ। बैँकले बिद्यालयमा १० घनमिटरको खानेपानी ट्यांकी निर्माण गर्नुका साथै मुहानदेखी बिद्यालयसम्म पाइपलाईन, बिद्यालयमा धारा जडान गर्ने छ । खानेपानीको काम फागुन मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । बिद्यालयमा खानेपानी आएपछि बिद्यार्थीलाइ सहज हुने बिद्यालयका प्रधानाध्यापक धनिराम खत्रीले बताए ।

विगतमा खानेपानी नहुदा बिद्यार्थीले समस्या भोग्दै आएकोमा अवभने सहज हुने खत्रीको भनाइ छ । यस खानेपानी योजना सम्पन्न भएमा कक्षा १२ सम्मका गरेर करिब ३ सय ५० बिद्यार्थीका साथै १८ जना शिक्षक कर्मचारी लाभान्वित हुने छन् ।

माछापुच्छ्रे बैंकले विगत १२ बर्षदेखी सल्यानको श्रीनगर शाखाबाट सेवा दिदैँ आएको सल्यान शाखा प्रवन्धक ललित भाटले जानकारी दिनुभयो । यस शाखामा हाल १२ बढी ग्राहक रहेका छन् भने नियमित रुपमा बित्तिय साक्षरता कार्यक्रम सञ्चालन भैरहेका छन् ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस