माघ ११ सल्यान ।
एनएलजी इन्स्योरेन्स क.लि. सल्यान शाखाले आज बाट कृषि तथा पशुपन्छी अभिकर्ता आधारभुत तालिम आज बाट सल्यानको श्रीनगरमा सन्चालन गरेको छ। कार्यक्रमको संचालन सल्यान शाखाका प्रमुख अनुराग बोहराले गर्नु भएको थियो, भने प्रशिक्षक अनि प्रशिक्षार्थीलाई सल्यान शाखा र समग्र संस्था अनि ब्यक्तिगत तर्फ बाट स्वागत गरि सुरु भएको थियो।
तालिममा प्रशिक्षण मुख्य प्रशिक्षक बिजनेस कोडिनेटर सुनिल श्रेस्ठ, कर्णाली पर्देश प्रमुख हरिहर आर्याल, बर्दिया शाखा प्रमुख अनु हमाल, प्रादेशिक कार्यालय धनगडिका अन्डरराइटिङ हेड लेख खत्री, बर्दिया शाखामा कार्यरत कल्पना थापा लगाएतले प्रशिक्षण दिनु भएको छ ।
सबै प्रशिक्षार्थीहरु विभिन्न तह र तप्कामा कार्यरत रहेकाले भोलिका दिनमा काम प्रशिक्षार्थीहरु सङ्ग अनिवार्य ठोकिन आउनेमा दुइमत नभएको र कृषकको घर घरमा बीमाको पहुच पुर्यान मा टेवा पुग्ने भएकाले तालिम एकदमै प्रभाबकारी हुने सल्यान शाखाका प्रमुख अनुराग बोहराको भनाइ रहेको छ ।
तालिममा ५० जना प्रशिक्षार्थीहरु, प्रशिक्षकहरु अनि विभिन्न तह तप्काका अतिथी, पत्रकार गरि करिब ६८ जनाको उपस्थिती थियो । उक्त तालिम ३ दिन सम्म संचालन हुने छ ।