सल्यानमा सम्पन्न मैत्रीपुर्ण क्रिकेटमा १० रनले टिम बागचौर–११ विजयी

सल्यान, १३ माघ ।
सल्यानको लुहापिङमा सम्पन्न मैत्रीपुर्ण क्रिकेटमा टिम बागचौर नगरपालिका–११  विजयी भएको छ । आज लुहापिङ्गमा भएको खेलमा संघ तथा प्रदेशका कार्यालयमा कार्यरत कर्मचारीहरुको टिम खंलगा–११ लाई १० रनले हराउँदै बागचौर नगरपालिकामा कार्यरत कर्मचारीहरुको टिम बागचौर–११ विजयी भएको हो ।
पहिले ब्याटिङ गरेको टिम बागचौर–११ ले २० ओभरको खेलमा ११४ रनको लक्ष्य दिएको थियो । जवाफी मैदानमा उत्रिएको टिम खंलगा–११ २० औँ ओभरको खेलमा १०३ रनमा समेटियो । सार्वजनिक विदालाई सृजनात्मक र रचनात्मक तवरले व्यतित गर्न र क्रिकेट प्रवद्र्धनका लागि खेलकुद, स्वास्थ्य र मनोरञ्जनका लागि खेलकुद भन्ने मुल नाराका साथ निजामति कर्मचारीविच मैत्रिपुर्ण क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको नेपाल निजामति कर्मचारी युनियनका सचिब तथा लेखा समुह सल्यानका अध्यक्ष महेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
कर्मचारीविच परिचय तथा अन्तरक्रिया सहित मित्रता बढाउन मैत्रिपुर्ण खेल सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । गत शनिबार छत्रेश्वरी, त्रिवेणी र खंलगामा कार्यरत कर्मचारी विच मैत्रीपुर्ण खेल सम्पन्न भएको थियो । आउदो शनिबार टिम खलगा–११ र टिम सिद्वकुमाख–११ का विच खेल हुने तय भयको छ । क्रिकेट सञ्चालनका लागि क्रिकेट संघ सल्यानले व्यवस्थापनको सहयोग गरेको छ ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस