बादर धपाउने यन्त्र वितरण गर्दै कुमाख गाउँपालिका वडा नम्बर २

सल्यान, २९ माघ।

कार्यक्रम अनुसार आर्थिक वर्ष ८०/ ८१ को बजेट बाट किसानहरुलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको हो ।

किसानले लगाएको बालीनालीमा बाँदरले क्षती गर्न थालेपछि वडा ले किसानहरुलाई बाँदर धपाउने यन्त्र वितरण गरेको जनाएको छ ।
वडा नम्बर २ का सात ओटा टोल भित्र डाडेकटेरी टोल ३ थान रुमालगाउँ टोल लाई ४ थान बारुले टोललाइ ४ थान कैनकाडा टोललाइ ५ थान नारायण टाकुरा टोललाइ थान खारखोला ४ थान र नेटाबजार टोल ४ थान गरि जम्मा ३० वटा यन्त्र वितरण गरेको हो ।

जङ्गल छेउका किसाहरुले लगाएको धान मकै गहुँ फलफूल लगायतका बालीनालीमा बाँरले बर्सेनि क्षती पुर्यान थालेपछि किसानहरु आजित भएको हुदा किसानहरुकै आग्रहमा बाँदर धपाउने यन्त्र वितरण गरिएको हो ।
उक्त उक्त यन्त्र पड्काउँदा ठूलो आवाज आउने र त्यसले ध्वनि प्रदूषण गर्ने र बाँदर भाग्ने हुदा यो यन्त्र पटकाएर बादर धपाउन सकिने छ ।

बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा रहेको कालिका ईन्जिनियरीङ वर्कसपमा युवाहरुले निर्माण गरेका यन्त्र  खरिद गरी वितरण गरिएको वडा अध्यक्ष ईश्वरी
वताउनु भएको छ ।

प्रकाशित मिति : २०८० माघ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस