सलकाे पासाेमा झुन्डिएको अबस्थामा सल्यानमा एक बालिका मृत फेला

सल्यान, १ फागुन।

सल्यानमा सलको पासोमा झुन्डीएको अवस्थामा एक बालिका मृत फेला परेकी छन् । जिल्लाको शारदा नगरपालिका वडा न १ तल्लो पेट्रोल पम्प नजिकै कोठा गरेर बस्ने शिद्धकुमाख गाउँपालिका वडा नं. ४ चाँदेकरेञ्जि निवासी अन्दाजि १७ बर्षकी बिन्दु खड्का झुन्डीएको अवस्थामा फेला परकी छन् । उनि आफु कोठा गरेर बस्ने घरको छतमा काठले घेरवार गरी वानाइर्एको भान्सा कोठामा काठको बालोमा सलको पासोमा झुन्डीएको अवस्थामा बिहाना ८ बजे फेला परेकी हुन् । उनि शिद्धकुमाख गाउँपालिका वडा नं. ४ चाँदेकरेञ्जि निवासी अम्मर खड्काकी छोरी हुन । कक्षा ८ मा पढ्ने बिन्दु शारदा नगरपालिका वडा नं.१ तल्लो पेटोल पम्प नजिकै रहेको शुकलाल बुढाथोकीको घरमा कोठा भाडा बस्ने गरेकी थिईन । घटनाको बिस्तृत बिवरण आउन बाँकी रहको छ । अहिले घटना स्थालमा प्रहरी पुगि मुचुल्का उठाउने र सव पोष्टमाटमको लागि लिने तयारी भईरहेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस