एकै दिन झुन्डिएको अबस्थामा दुई किशोरी मृत फेला परेका छन

सल्यान, १ फागुन।

सल्यानमा झुन्डिएको अवस्थामा एकै दिन दुई किशोरी मृत फेला परेकि छन।
शिद्धकुमाख गाउँपालिका -४ चाँदेकरन्जी घर भई हाल शारदा नगरपालिका -१ तल्लो पेट्रोल पम्प नजिकै कोठा भाडामा बसी उनी कक्षा ८ मा अध्यनरत अन्दाजि १७ वर्षिय बिन्दु खड्का झुन्डीएको अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
खडका आफु कोठा गरेर बस्ने घरको छतमा काठले घेरवार गरी बनाइएको अस्थायी भान्सा कोठामा काठको बलोमा आफ्नै सलको पासोमा झुन्डीएको अवस्थामा मंगलबार बिहान करिब ८ बजेति फेला परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले बताए।
त्यसैगरि छत्रेश्वरी गाउँपालिका -३ सिङगारी काेटकि २० वर्षिय मनिषा घर्तीमगर पनि झुन्डिएको अवस्थामा मृत फेला परेकि छन। आफै सुत्ने काेठामा काठकाे बलाेमा सलले पासाे लगाइ झुन्डिएको अवस्था मंगलबार बिहान करिब साढे ४ बजेतिर फेला परेको प्रहरी निरीक्षक धमलाले बताए। अहिले शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा पठाएको प्रहरी निरीक्षक धमलाले बताए।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस