भरुवा बन्दुक सहित सल्यानमा एक जना पक्राउ

सल्यान, ०१ फागुन।

सल्यानमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा कुमाख गाउँपालिका -१ काँडा टाटके बस्ने २६ वर्षिय धनराज कामी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

कामीले आफ्नो घरमा अवैध बन्दुक लुकाई राखेको भन्ने गाेप्य सुचनाकाे आधारमा ईलाका प्रहरी कार्यालय रागेचौर र अस्थायी प्रहरी पाेष्ट नेटाबजार बाट खटिएको संयुक्त प्रहरी टाेलिले साेमबार करिब दिउँसो १२ बजेतिर घर खानतलासी गर्दा १ थान भरुवा बन्दुक, गाेलि जस्तो देखिने ५ थान, छर्रा जस्तो देखिने ९ थान र बन्दुकमा लाग्ने केप ११ थान फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले बताए।

उनी माथि थप कारबाहीको लागि जिल्ला अदालत सल्यानबाट ४ दिनकाे म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक धमलाले बताए।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस