सल्यानमा सवारी दुर्घटनामा परी दुई जनाकाे मृत्यु र दुई जना घाइते

सल्यान, ०५ फागुन।

सल्यानमा विभिन्न सडक दुर्घटनामा परि २ जनाकाे मृत्यु भएको छ भने २ जना घाइते भएका छन।
माेटरसाइकल दुर्घटना हुदा दुई जना घाइते भएका छन। शुक्रबार बिहान करिब १० बजेतिर शारदा नगरपालिका -१ श्रीनगरबाट खलंगा तर्फ गइरहेको रा ३ प ८४०४ नम्बरको माेटरसाइकल र विपरीत दिशाबाट आइरहेको रा ४ प १०४५ नम्बरको माेटरसाइकल एक आपसमा ठक्कर खादा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा परि सल्यानकाे कपुरकाेट गाउँपालिका -१ सारपानीका ५३ वर्षिय बहादुर राना र शारदा नगरपालिका श्रीनगर बस्ने अन्दाजी २६ वर्षिय शरण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले बताए।
घाइते दुवै जनाकाे श्रीनगर स्थित कर्णाली अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकाे र घाइते दुवैको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक धमलाले बताए।
उता कुपिन्डे नगरपालिका -६ सुनौलो बजार स्थित चौरजहारी सल्लीबजार सडक खण्डको नापेबजारबाट सुनौलाे बजार तर्फ गइरहेको लु ८० प १४११ नम्बरको माेटरसाइकल र ना ६ ख २२५३ नम्बरको टेलर ठाेकिदा माेटरसाकलकाे पछाडि सवार साेहि नगरपालिका -५ बस्ने १८ वर्षिय शिशिर बिसीकाे मृत्यु भएको छ। घाइते बिसीलाई उपचारको लागि जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हाे। माेटरसाइकल चालक साेहि नगरपालिका -५ का १८ वर्षिय दिपायल बुढा र टेलर चालक सिन्धुपाल्चोककाे गडी नगरपालिका -१ का ३५ वर्षिय दिपक थापालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक धमलाले
त्यसैगरी प्रहरी निरीक्षक धमलाका अनुसार बिहीबार राति कालिमाटी गाउँपालिका -४ हुल्के खोलामा घोरचौरबाट कालिमाटीतर्फ जाँदै गरेको रा १ त ४४५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदा ट्याक्टर चालक त्रिवेणी गाउँपालिका -१ का २७ वर्षीय शसिराम घर्तीकाे घटनास्थलमै मृत्यु भएको हाे।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस