श्री सहिद स्मृति अाधारभुुत बिद्यालयकाे भवन शिलान्यास

सल्यान, ०७ फागुन।

श्री शहीद स्मृति आधारभुत विद्यालय दार्मा ५ जलेखर्कमा दार्मा गाउँपालिकाको आ.व. ०८०/८१ स्वीकृत कार्यक्रम अन्तर्गत
संघीय विशेष अनुदानको १ करोड बजेटबाट निर्माण हुँदै गरेको भवनको शिलान्यास गाउँपालिका अध्यक्ष श्री निम बहादुर केसीको उपस्थितिमा शहीद माधु खड्काको जीवनसंगिनीबाट गरिएको छ। उक्त अवसरमा वडा अध्यक्ष सुदिप के.सी, सब- इन्जिनियर भुपेन्द्र पुन र सूचना प्रविधि अधिकृत प्रेम बहादुर‌ ओली,जयबहादुर खड्कालगायत जनप्रतिनिधि र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो । निर्माण हुने ६ कोठे भवनको यसै आर्थिक वर्ष भित्र काम सम्पन्न हुने गरि काम सुरु गरिएको दार्मा गाउँँपाालिका अध्यक्ष निम बहादुर केसीले बताउनु भएको छ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस