सल्यानमा ७४ अाैँ प्रजातन्त्र दिवसको अबसरमा बिरामी र कैदी बन्दिलाई फलफुल वितरण

सल्यान, ०७ फागुन।

सल्यानमा ७४ औँ प्रजातन्त्र दिवसको अवसरमा बिरामी र कैदी बन्दीलाई फलफूल वितरण गरिएको छ । दिवसको अवसरमा जिल्ला अस्पताल सल्यानका बिरामी र जिल्ला कारागार सल्यानका कैदी बन्दीलाई फलफूल वितरण गरिएको हो ।

सोमबार बिहान जिल्ला प्रशासन कार्यालय सल्यानले आयोजनामा गरेको एक कार्यक्रम बिच अस्पतालका २७ जना बिरामी र जिल्ला कारागार सल्यानका १ सय ५५ जना कैदी बन्दीलाई फलफूल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताउनु भयो । उहाँका अनुसार विगतका वर्षहरूमा पनि बिभिन्न रचनात्मक कार्यक्रम गरी दिवस मनाउँदै आइरहेकाले यस वर्ष पनि दिवसको अवसरमा बिरामी र कैदी बन्दीलाई फलफूल वितरण गरिएको हो । 

फलफूल वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावल, उप प्रमुख असबिर बुढाथोकी, शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख नवीन कार्की, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म प्रमुख सुशील श्रेष्ठ, राष्ट्रिय अनुसन्धान सल्यान प्रमुख  नेव बहादुर राणा, शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल लगायतको उपस्थिति लगायतका उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस