सल्यानमा जिप दुर्घटना हुदा ५ जना घाइते

सल्यान, ९ फागुन।

सल्यानमा जीप दुर्घटना हुदा ५ जना घाइते भएका छन।

नेपालगञ्ज देखि जाजरकोटकाे जुनिचाँदेका लागि हिडेकाे भे १ च ३३४४ नम्बरको बाेलेराे जीप सल्यानकाे बनगाड कुपिन्डे नगरपालिका -१ टाटकेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइते हुनेमा जीप चालक जाजरकोटकाे छेडागाड नगरपालिका -५ बस्ने २० वर्षिय शिखर चनरा, साेहि ठाउँका ८४ वर्षिय भदे डाँगी र उनका ५७ वर्षिय छाेरा लालबहादुर डाँगी, साेहि नगरपालिका -६ बस्ने ३९ वर्षिय जयबहादुर थापा र साेहि ठाउँका ५८ वर्षिय वीरे टमटा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले बताए।

घाइते मध्ये ८४ वर्षिय भदेकाे अवस्था गम्भीर छ उनिहरुलाई उपचारका लागि सल्ली बजार स्थित सिटी हस्पिटलमा पठाइएको प्रहरीले निरीक्षक धमलाले बताए।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस