सल्यान, ९ फागुन।
सल्यानमा चट्याङ लागेर चार जना घाइते भएका छन् । बुधबार राती आठ बजेतिर शारदा नगरपालिका १३ स्यानीखाल तिर्थपोलेका देवीलाल बस्नते र टिकाराम बस्नेतको घर नजिकै चट्याङ पर्दा चार जना घाइते भएका हुन् ।
घाइते हुनेमा जानकी बस्नेत, सुशिला भारती, मनिषा बुढाथोकी र सुनिल बस्नेत रहेको शारदा नगरपालिका १३ का वडाध्यक्ष जंग बहादुर बुढाले जानकारी दिनु भयो । जानकी र सुनिल सख्त घाइते भएका छन् भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरुलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको बुढाले बताउनु भयो ।
प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार