“बहु बिबाह निषेध सम्बन्धि प्रावधानले निम्त्याएको सम्बन्ध बिच्छेद”

~सुमन बाबु बुढाथोकी

“बहु बिबाह निषेध सम्बन्धि प्रावधानले निम्त्याएको सम्बन्ध बिच्छेद”
शारदा नगरपालिका बडा न. १५ माल्नेटा
तुल्सिपुर मेट्रो कलेज कानुन संकाय अध्ययनरत बिद्यार्थी
टिप्पणी
सामान्य तया बहुविवाह भनेको एक वा एक भन्दा बढी विवाह गर्नु हो नेपाल मा बहुविवाह गर्न निषेध गरेको धेरै लामो समय छैन नेपाल मा मुलुकि अपराध संहिता २०७४ को परिच्छेद ११ को दफा २७५ बमोजिम बहुविवाह गर्न नहुने भन्ने ब्यवस्था गरिएको छ उपदफा १ बिवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुदैन र उपदफा २ कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसग कुनै महिलाले विवाह गर्नु हुदैन वा उपदफा (२)(३) बमोजिम कसुर गर्ने वा गराउने ब्यक्तिलाइ एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयासाम्म जरिवाना हुने वा ५ मा उपदफा (१) बमोजिम को विवाह स्वत: वदर हुनेछ भनेर ब्यवस्था गरेको छ ।
बहुविवाह को निषेधसगै समाज मा मा सम्बन्ध बिच्छेदको जल्दोबल्दो समस्या यथावत रूपमा तिब्रता पाएको छ सन्दर्भ सल्यान जिल्ला मा आर्थिक वर्ष २०७९/ ८० सम्म मा जम्म दुनियाँबादि देवानी को सङ्ख्या २५४ वटा मुद्दा मा २२२ वटा सम्बन्ध बिच्छेद भएको थियो त्यस्तै आर्थिक वर्ष २०८०देखि ०९/२९ सम्म चालुतर्फका ११५ दुनियाबादी देवानी मुद्दा मध्य ८८ सम्बन्ध बिच्छेद को रहेको जिल्ला अदालत को तथ्यांक बाट भन्न सकिन्छ प्रसङग मा सम्बन्ध बिच्छेद भएका प्रायः महिला पुरुष बहुविवाह गरेका र सम्बन्ध बिच्छेद लगत्तै विवाह गरेको देखिन्छ मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ३ को दफा ९३ देखि १०४ सम्मको सम्बन्ध बिच्छेदको प्रावधानले कुनै दाम्पती जीवन मा निज गरु राजिखुशी सग पनि दोस्रो विवाद गर्दा पनि सम्बन्ध बिच्छेद नै गर्नु पर्ने प्रावधान ले ती ब्यक्ती हरुका लागि गतल रुपमा खडा भैदिन्छ यद्यपि सामान्य घरपरिवार मा बेमेल,खट्पटी असमझदारी, मनमुटाव, अबिश्वास भएमा वा अर्को विवाह गर्न रुचाउने महिला वा पुरुष ले सम्बन्ध बिच्छेद नै गरिनुपर्ने वा कानुन को लचिलोपनाले सम्बन्ध बिच्छेद मा प्रत्यक्ष सहयोग गरेको हुनाले पनि सम्बन्ध बिच्छेद को समस्या बिध्मान समय मा खडा भएको छ
बहुविवाह को निषेध सगै समाजम जल्दोबल्दो समस्याको रुपमा सम्बन्ध बिच्छेद को घटना बढिरहेको छ सहमती मा वा अन्याय भएमा अन्याय बाट मुक्त हुन सम्बन्ध बिच्छेद आफै मा नराम्रो त हैन तापनी बहुविवाह को लागि वा दोस्रो बिवाह को लागि मात्र सम्बन्ध बिच्छेद हुनु बहुविवाह गरेर पनि सयुक्त रुपम बस्ने दाम्पती गरुलाइ अन्याय हुने छ आफ्नो मनोमानी ले दोस्रो विवाह गर्नको लागि सम्बन्ध बिच्छेद नै गरिनुपर्ने निज बिच सजाय सरह नै हो तसर्थ सम्बन्ध बिच्छेद गर्ने प्रबधान खुकुलो हुनुपर्दछ कति पय दाम्पती हरु बिचको समस्यालाई समाधान गर्नकै लागि पनि बहुविवाह गर्नु पर्ने देखिन्छ निज हरु बिच यश प्रबधान ले नकारात्मक असर परिरहेको हुन्छ बहुविवाह को लागि अनिवार्य सम्बन्ध बिच्छेद हुन तेतिको औचित्य रहेको देखिदैन दोस्रो बिवाह गर्ने महिला वा पुरुष को हक मा स्वत: सम्बन्ध बिच्छेद भएको मानिनु पर्ने छ।
नेपाल मा कानुनी प्रबधान हरु बढदै गर्दा बहुविवाह गर्न नहुने भनी निषेध गरे सगै समाजमा सम्बन्ध बिच्छेद को प्रभाव बढी मात्रामा पाइयको छ दोस्रो विवाह को लागि सम्बन्ध बिच्छेद नै गरिने प्रावधान लाई दोस्रो बिवाह गरे को महिला वा पुरुष को हक मा स्वत: सम्बन्ध बिच्छेद भएको मानिनु पर्ने रहन्छ बहुविवाह गर्नेरुचाउने दाम्पती वा जोकोही लाई सम्बन्ध बिच्छेद अनिवार्यता खुकुलो हुनुपर्दछ र सम्बन्ध बिच्छेद को कानुनी प्रबधान को लचिलोपना ले सम्बन्ध बिच्छेद मा प्रत्यक्ष सहयोग गरेको पनि छ सो कुरा मा मनि गहन अध्ययन र रिसर्च गरिनु पर्ने र वास्तविक नियाल्नु पर्ने छ नत्र भने अबको १० वर्ष मा सम्बन्ध बिच्छेद नभएको घर खोज्न हम्मे हम्मे हुने छ

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस