“सुरक्षित छैनन् छाेेरीहरु……”

सावित्री भट्टराई

“सुरक्षित छैनन् छोरीहरु…
सुनसान रात, या भनौँ मिरमिरे बिहान, धुम्म वातावरणले समयको अनुमान गर्न कठिन थियो । म नयाँ स्कुटर लिएर उकालो तर्फ जादै थिए । मलाई पनि थाहा छैन, म त्यती राती सुनसान सडकमा स्कुटर लिएर कहाँ जादैँ थिए । उकालोमा दाइने हातले त्यो ह्यान्डललाई धेरै जोरले घुमाउँदै थिए । वास्तवमा स्कुटर चलाउने मानिस ले यस्तै गर्छन् कि गर्दैनन् ? यसमा कत्तिको वास्तविकता छ ? यो पनि मलाई केहि थाहा छैन । बाटोमा जाँदै गर्दा एउटा केटीसँग मेरो भेट भयो । सार्विक परिचय दिने हो भने साह्रै राम्री, राम्रा नयन, बाघको जस्तै लचकदार कम्मर भएकी ऊ झट्ट हेर्दा म जस्तै छ । म आफूले आफैलाई आजभन्दा पहिले त्यती राम्री लागेको थिएन ।

अनि ऊ स्कुटर चलाउने केटी उसको नाम के हो ? मलाई केही थाहा छैन । मलाई यत्ति थाहा छ कि ऊ मेरो सहेली हो । उसलाई मैले देख्नासाथ साथ स्कुटर रोके । उ पनि मेरो नजिक आईँ । र मलाई उकालोमा स्कुटर यसरी चलाउँनुपर्छ भनेर सिकाउँन थाली । उ र म बीच के छ ? कस्तो छ ? स्कुटर किनेछौँ । यी र यस्तै बिषयमा गफ चलिरहेको थियो ।
हामी दुईबीच रमाईला रमाईला अन्तरसंवाद भइरहेको बेला मेरो नजरहरु ऊ बाट हटेर करिब पाँच सय मिटर टाढा पुगे । मलाई टाढाबाट कोही आएको जस्तो महसुस हुन थाल्यो । त्यतिकैमा कुनै फिल्मको खलनायक जस्तो दखिने लामो कपाल पालेको, झट्ट हेर्दा डरलाग्दो एकजना व्यक्ति हामि भएको तिर आइरहेको थियो । एकछिन नियाँलेर हेर्दा मलाई थाहा भयो कि त्यो केटा मेरो छिमेकी पो रहेछ ।
उ मेरो समिपमा आइरहेको थियो । जबजब उसले पाइला मेरो नजिक नजिक चाल्थो तब मेरो मुटको ढुकढुकी पनि बढ्दै गइरहेको थियो । मेरो मन आत्तिरहेको थियो । तरपनि उसका पाइला रोकिएनन् । ऊ मेरो नजिक आउँछ त्यतिबेला मेरो मनले आफ्नो ठाउँ छोड्ला झै गरिरहेको थियो । म भित्रभित्र डराएको थिए । फिल्मको खलनायक जस्तो देखिने उसले मेरो शरीर नजिकै आएर लामो सास फेर्छ । उ म तिर झुक्दै मेरो शरिरको सुगन्धलाई स्पर्श गर्छ । डरको पिजडामा थुनिएको मेरो मन कापिरहेको थियो । आफ्नो कुनियतले मेरो सुगन्ध बारम्बार स्पर्श गरिरहेको थियो । जबजब उ मेरो नजिक आउथ्यो तब उसको मुखबाट एकदम नराम्रो गन्ध आइरहेको थिायो ।
मेरो सुगन्धको स्पर्श गर्दा उसको मुहारमा छुट्टै सन्तोष मिलको झै देखिन्थो । उ उभिएको हो वा हल्लिएको हो मैलै पत्तेा पाईन् । किनकी अधिक मदिरा सेवन गरेको थियो । उसले रक्सी खाएको हो या रक्सीले उसलाई खाएको ठम्याउँनै सकिने अवस्था थिएन । एकदम झ्याप हेरेर अनुमान लगाउन न सकिने जस्तो अवस्था थियो ।
मदिरा सेवनले आफ्नो कन्ट्रोलमा नरहेको उसले म प्रतिको त्यो दुव्र्यवहार भने दोहोराइरहेको थियो । यता मेरो मनले भने आफुलाई एकदमै कमजोर महशुस गराइरहेको थियो । उसले मलाई मन पराउँछ भन्ने कुराबाट म अवगत थिए तर उ मलाई फिटिक्कै मन पर्दैनथ्यो । तर निरन्तर उसले त्यही व्यवहार अझ समिपबाट दोहोराइरहेको थियो । विस्तारै उसको हात समेत मेरो छातीमा पुग्न थालेको थियो । मलाई केही गर्ने अवस्थामा थिएन् । मेरो मनमा डरको समुद्र बगिरहेको थियो । यत्तिकैमा उसको हात मेरो छातीमा पुग्यो । उ मेरो कपडा समेत च्यात्न लाग्यो । मेरो हात समात्न खोज्यो ।
म आत्तिए आफुले आफैँलाई बचाउँन जसोतसो प्रतिकार गरि उ बाट फुत्किए र आफैँलाई बचाउँन भागे । म उकाँलो भागे । उकालो भाग्न निकै कठिन थियो । एकैछिन मेरो सास फुत्केल झै भयो । नभागौ त्यो दृष्ट नर पिचाँसले मेरो पिछा गरिरहेको छ । म आफूलाई बचाउँन जतिसक्दो भाग्दै छु । मेराे सहेली पनि मलाई बचाउँन उसको पछिपछि भागिरहेकी थिई । म भाग्दै जाँदा एकैछिनमा हिलोले भरिएको खेतमा पुगे मेरा पाईलाहरु हिलोको दलदलमा भासिए म भाग्न सकिँन । सायद यो समयले पनि मलाई त्यो दृष्टबाट बचाउँन चाहेका थिएनन् । मैलै मनमनै भगवान प्रति आफूलाई बचाउँन विलौना गरे । तर कसैको केही लागेन त्यो दलदलबात म उम्कन सकेन ।
एकैछिनमा त्यो दृष्ट मेरो नजिक आयो । उसले मेरो शरीरसँग खेल्न थाल्यो । खेतको त्यो दलदलमा उसले मेरो शरीरलाई नाङ्गो पारिदियो । अनेकौँ पर्यत्न गर्दापनि मैले आफुलाई नाङ्गो हुनबाट बचाउँन सकिन । म चिच्याए ! अनेकौ विलौना गरे ! मेरो आँखाबाट दर्दका आशुहरु बगिरहेका थिए ।
म आफुलाई बचाउँन अनेकौ प्रयास गरिरहेकी थिए । त्यतिकैमा मेरी सहेली पनि आइपुगी उसले पनि मलाई बचाउँन अनेकौ प्रयास गरिरहेकी थिई । मेरी सहेलीले ओडेको सल (पछ्यौरा) मलाई दिई । मेलै आफ्नो नाङ्गो शरीरलाई त्यही पछ्यौराले लुकाउँने कोशिस गरे । त्यो दृष्टले मेरो शरीरमाथी खेल्ने प्रयास गरिरहेको थियो । अनेकौ प्रयासले मैलै आफ्नो नाङ्गो शरीर त्यो पछ्यौराले छोपे मेरो शरीर भख्खर नुहाएर टावल बेरेको जसरि ढाकिएको थियो । उसले मलाई अनेकौँ पिडा दिँदै मलाई दुव्र्यवहार गरिरहेको थियो ।
अनेकौ प्रयत्नपछि त्यो हिलो र दृष्ट दुबैको दलदलबात म जेततेन फुत्किन सफल भए । तर मेरो शरीर नाङ्गो भईसकेको थियो । म त्यस्तै त्यहाँबाट भाँगे । त्यो दृष्टले मेरो पिछा छोडेको थिएन । धन्न प्रभुको कृपाले म ज्यान जोगाएर भाग्दै घरसम्म आइपुँगे । उसले मलाई कहाँसम्म पिछा गर्यो मालाई पत्तै भएन । घर पुग्नसाथ घरको ढोकामा चुकुल थिएन अनि झनै भक्कानिएर रुन मन लाग्यो । त्यो सानो झुपडिको मेरो घरमा ढोकालाई अड्याउँन बनाइएको काठको लामो डन्डी थियो अनि त्यसले ढोकालाई अडाएर । त्यसपछि मैले कपडा लगाएर हजुरआमा, मम्मी र बहिनीहरू सुतेको एउटा विस्तरामा सुटुक्क पसे । त्यस बखत मैले हजुरआमा र मम्मीलाई केही पनि भन्न सकिन । बिरामी हजुरआमा उनले सास फेरेको टाढासम्म सुनिन्थ्यो । हजुरआमा र ममी एक अर्काको माथि हात फिजाएर अंगालिदै सुत्नु भएको थियो । सासु बुहारीको माया न हो ! उहाँहरुको यो माया साच्चै एक मिल्ने साथीहरुको जस्तै थियो ।
उहाँहरुको बीचमा म सुटुक्क त पसे तर मेरो यी आँखामा त्यो दृष्टले गरेको दुव्र्यवहार प्रतिको क्रोध झल्किरहेको थियो । म निदाउँ पनि सकिन न त त्यो पिडा कसैलाई भन्न नै सके । यस्तै सोच्दा सोच्दै कतिबेला आफ्नै हातले मुख छोपेर रुन पुगेछु पत्तै पाइन । मेरा आँखा रोइरहेका थिए । त्यो दुष्टको अश्लिल व्यवहार सम्झेर उसलाई घाँटी रेटेर मार्दिउ झै भएको थियो । कतिबेला आफै मर्न मन पनि लाग्थ्यो । म मेरै वसमा थिएन । हातले मुख थुनेर म मनमनै चिच्याएको रोइरहेको थिए ।
आमाको काँखमा च्याप्पिएर रोएको म आमाले पत्तो पाईहाल्नु भएछ । म रुदैँ उहाँको छातीमा टालिए र सबै कुरा भन्न थाले । बुढी हजुरआमाले पनि त्यस दृष्टको नजर मलाई पहिलेबाट ठीक लाग्थेन भन्दै अनेकौ घटनाहरु सुनाउँदै मलाई सान्तवना दिँदै भन्नुभयो । “यो दृष्टहरुको ठाउँमा बस्नुभन्दा सबै बेचेर कतै टाढा जान पाए हुन्थो । त्यो दृष्टले पहिलेबाटै गिद्दले मासुलाई हेरे जसरी हेर्थो । कत्ति दिन त घरको झ्यालमा समेत आइपुग्थ्यो । छोरा मान्छे नभएको घरमा छोरी नै छोरी भएको घर सबैले हेर्ने नजर यस्तै यस्तै हुने ।” यति भनिरहदा उहाँका आँखाहरु रसाइरहेका थिए । उहाँको मनमा अनेकौँ पिडा परिरहेको थियो ।
यत्तिकैमा बिहान हुन्छ अनि सबै घर बाहिर निस्कन्छन् तर हजुरआमा र म त्यही कोठामा बसेका थियाैँ । त्यत्तिकैमा सानी बहिनीले तलको केटो आयो भन्दै बाहिरबाट चिच्याउँन थाल्छे । नभन्दै त्यही दृष्ट घरको ढोका फोडेर भित्र आउँछ । फेरी उसले सोही दुव्र्यवहार दोहोराउँन थाल्दछ ।
यतिबेला मलाई अलिकती पनि डर लागेको थिएन । मेरो मनको क्रोधको अग्निज्वाला अब विष्फोट हुने अवस्थामा पुगेको थियो । मेरो हातमा डारे आँसी (धारिलो हतियार) थियो । उ मेरो छाती छुन खोज्दै थियो । अब म हेरेर बस्ने अवस्थामा थिईन ।
मैलै त्यतिकैमा मेरो हातमा भएको त्यही डारे आँसीले त्यसको त्यही घाँटी रेटिदिए ।
यत्तिकैमा म एक्कासी ब्युझिए । म रुँदै थिए ।
यो सबै घटना मेरो सपनामा घटेको थियो । तर किन हो कुन्नी यो सबै सपना हो भन्ने बुझ्दा बुझ्दै पनि मेरो मन मानिरहेको थिएन म रोइहेको थिए ।
यो कलियुग हो कलियुग, यहाँ जे पनि हुनसक्छ । छोराले आमाको हत्या, आफ्नै बुबाछोरीको विवाह, बुढी आमा हुन वा आकारै लिन नभ्याएकी बालिकाहरुको बलात्कार । यो कलियुगमा मानवता हराइसकेको छ । यहाँ हरेक पल दृष्टको नजर परेको हुन्छ ।
मेरो मनमा यस्तै कुरा खेलरहेका छन् । १९–२० बर्ष लागेकी एक केटीको मस्तिष्कमा यो सपना ले कति गम्भीर प्रभाव पर्यो होला ? यो तपाईँहरु नै अनुमान गर्नुस् ।
हुन त यो सपना हो, सपना त जस्तो पनि देखिन्छ । भन्ने सोच आएको पनि हुन सक्छ । कतिपयलाई त यो एउटा सपना जस्तै कहाँनी लाग्छ होला । म मान्छु पनि यो मेरो लागि फगत सपना हो । तर यति भनिरहँदा म जस्ता धेरै केटिहरुका लागि यो सपना नभएर जीवन्त यथार्थ समेत बनिरहेका उदाहरण तपाई हामी समक्ष प्रशस्तै छन् । अर्थात् यो सपना मात्र होइन यो हाम्रो समाजमा घटिरहेको अप्रिय वास्तविक घटना हो ।
बलात्कारको बारेमा लेख्न मन थिएन तर आज मेरो सपनाले मलाई लेख्न बाध्य बनायो । म जस्ता हजारौं युवतीको भोगाइलाई मैले आज लेखेको छु । मलाई यो पनि थाहा छ । जति नै लेखे पनि यो एउटा विषयको रूपमा मात्रै सीमित हुन्छ ।
मेरो देश नेपालमा कानुनले आँखामा कालो पट्टी लगाएर उभिएको छ । प्रकाश सपुतको गीतमा जस्तै । बलात्कारका मुद्दाका कानुनका फाइलमा सुन्दर अक्षरले लेखिएका त छन् । तर ति फाइल माथि फाइल थपिदै छ अनि त्यसमा माखुराले आफ्नो लागि घर बनाएको छ तर मेरो सपनामा दखिएजस्तै वास्तविक घटनाबाट पीडितहरुको न्यायका लागि कसैको ध्यान छैन ।
मेरो प्यारो देश नेपाल । भन्न त नेपाल आमा भन्ने गरिन्छ । तर यहाँ “आमाको देशमा सुरक्षित छैनन् छोरीहरु…” यही हिजोसम्म आमा राष्ट्रपति भएकै देशमा दिनप्रतिदिन छोरीचेली बलात्कृत हुन्छन् । अझ यही देशमा दोषहरु खुल्ला घुमिरहेका छन् जसले नेपाललाई लाजमर्दो अवस्थामा पुराएको छ ।
हाम्रो देशमा कानून छ, तर त्यो कार्यनवयन भएको छैन । कानुन छ ,त्यो कानुन शब्दमा मात्रै सीमित छ।
कानून छ,
कानून छ,
कानून छ,
भित्री मन कराउँछ तर कहाँ छ त यो कानुन ?
अब भन्नुस्, छोरी हुनु मेरो गल्ती हो ? छोरा भएर जन्म नलिनु मेरो दोष ?

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस