सल्यानको दार्मा गाउँपालिकाको १४ औ गाउँसभा अधिवेशन सम्पन्न

सल्यान, २० फागुन।

सल्यानको दार्मा गाउँपालिकाले गाउँ सभाको १४ औ अधिवेशन सम्पन्न गरेको छ ।

शनिबार १४ औ गाउँ अधिवेशनको उद्घाटन गर्दै कर्णाली प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले दुध उत्पादनमा दार्मा गाउँपालिका कर्णाली प्रदेशमै उत्कृष्ट भएको बताउँनु भएको छ ।उहाँले अझै दार्मा लाई दुध उत्पादनमा वृद्धि गर्नको लागि वडा नं.२ लाई दुध उत्पादन क्षेत्रमा बिस्तार गर्ने कामको सुरुवाती गरिएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका शर्माले कृषि उत्पादन क्षेत्रमा दार्माले फट्को मार्दै गएको र अझै त्यसलाई आधुनिक तथा व्यवसायीक गराउनको लागि आफू लागि परेको बताउनु भयो ।मन्त्री शर्माले विदेशमा जाने परिपाटी लाई बन्द गरि स्वदेशमै पौरख गर्ने बानिको बिकास गरे समृद्ध देश बनाउन समय नलाग्ने बताउनु भयो ।

यस्तै गाउँ अधिवेशनमा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख असविर बुढाथोकीले दार्मा गाउँपालिका पहिलेको तुलनामा सवै
क्षेत्रमा बिकास हुँदै गएको बताउँनु भयो ।कार्यक्रमका बिशिस्ट अतिथि समेत रहनु भएका बुढाथोकीले संघियताले स्थानीय तहलाई बलियो बनाएको बताउँनु भयो ।उहाँले दार्माको भौतिक बिकास संगै जनचेतनामा समेत बिकास भएको बताउदै अवको आवश्यककता उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो ।

दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले आर्थिक बर्ष २०८०/ ०८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अर्धवार्षिक समिक्षा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।उहाँले चालू अर्धवार्षिक आय अनुमान ४४ करोड ४ लाख ७ हजार २ सय रहेकोमा चालू आर्थिक बर्षको पहिलो अर्ध बार्षिक अवधी सम्म २३ करोड ७५ लाख ६४ हजार २ सय ७७ आम्दानी र १३ करोड ७७ लाख ७६ हजार ८ सय ७६ रकम खर्च भएको बताउँनु भयो ।अध्यक्ष केसीले गाउँपालिकामा,आर्थिक बर्ष २०८०/०८१ मा संचालन भएका मुख्य योजनाको अवस्था बारे जानकारी दिदै नागरिक मुखी र प्रभावकारी सेवा आफुहरुले दिरहेको बताउनु भयो ।

कार्यक्रममा दार्मा गाउँपालिकाकी उपाध्यक्ष जुन मल्ल ( चन्द ) ले आर्थिक बर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रमको रकमान्तरण संसोधन प्रस्ताव,न्यायिक समितिको प्रतिवेदन पेश,बिधायक समितिका संयोजक चन्द्रबहादुर रावतले विभिन्न विधेकहरु प्रस्तुत,प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले आर्थिक तलवी प्रतिवेदन,कृषि तथा पर्यटन समितीका संयोजक सुदिप केसीले कृषी क्षेत्रको व्यवसायी करण तथा बजारीकरण सम्बन्धि प्रस्ताव पेश र
सामाजिक समितिका संयोजक पोखर बहादुर खत्रीले सुधारीएको चुलो सम्बन्धि अभियानको प्रस्ताव पेश गर्नु भएको थियो ।

उत्पादनमा वृद्धि,दार्माको समृद्धि भन्ने मुल नारा सहित सुरु भएको
कार्यक्रममा दार्मा गाउँपालिका भित्रका सहिद परिवार,भिभिन्न खेलमा सहभागी भइ उत्कृष्ट स्थान ल्याउने खेलाडी र गाउँ पालिका भित्रका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस