कमरेड

घनराज खड्का (घमण्ड)

कमरेड लाई “सम्झौता”
गरेको कति पाे सुहाउँछ-
कमरेड अचेल कूटनीति
जान्न थाल्नु भए छ!!
जाेड घटाउ
खुब मनपर्छ कमरेड लाई-
अचेल कमरेड ढिकी च्याउ काे
बिच मा बसी
दुई तिर रमिता हेर्नुहुन्छ!!
कमरेड लाई
बिर्सिने बानी छ-
हिजो जे विरुद्ध लडनु भयो
अाज ठिक त्यहि बन्नु भयो!
कमरेड ले ऊ बेला
तेर्साएकाे क्रान्ति
अाफु विरुद्ध कसैले
साेझ्याए के हुन्छ?
साेच्ने फुर्सद पाउनु भएको छैन
कमरेड सम्झौतामा व्यस्त हुनुहुन्छ!!
जमिन बाँझाे राखेर
गमला मा देश
राेप्छु भन्नुहुन्छ
कमरेड अचेल छतमा-
हेलिप्याड बनाएर
समाजवाद/ साम्यवाद
अवतरण गराउने-
कुराे गर्नुहुन्छ!!!

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस