दर्मामा भयो पहिलो पटक युवा बहस पैरवी

सल्यान,२६ फागुन।


दर्मामा गाउँपालिकामा पहिलो पटक युवा बहस पैरवी अभ्यास भएको छ । राष्ट्रिय युवा परिषदको बजेट तथा दर्मा गाउँ पालिकाको आयोजनामा करीब सय जना युवाहरुले बहस पैरवी अभ्यास गरेका छन् । सोमबार देखी आरम्भ भएको तीन दिने बहस पैरवी कार्यक्रममा युवाहरुले युवाका मुद्दामा केन्द्रित बहस पैरवी अभ्यास गरेका हुन् । युवालाई राज्यको मुलप्रवाहमा जोड्न परिषदले नमुना युवा सांसद अभ्यास, स्वयंसेवक परिचालन , बहस पैरवी, उद्धमशीलता लगायतको अभ्यास कार्यक्रम सञ्चालन गरि आत्मनिर्भर तथा सार्थक युवा उत्पादन गर्दै आएको छ । यसै क्रममा सय भन्दा बढी युवा तथा सम्बन्धित सरोकार वाला बीच बहस तथा छलफल कार्यक्रम सम्पन्न भएको हो।

दर्मा गाउँपालिका अध्यक्ष नीम बहादुर केसिले युवाहरुको क्षमता विकास , व्यक्तित्व विकास, नेतृत्व विकास हुन सक्ने भएको यस्ता कार्यक्रम पालिकाले आफ्नै बजेट समेत चलाउने प्रतिबद्धता जाहेर गर्नु भयो । उहाँले भन्नूभयो, युवा देशका भविस्य हुन् । हामीले युवामा लगानी गर्न एकदम जरुरी छ । भौगोलिक रुपमा पिछडिएको सल्यान जिल्लाका युवाहरु लामो समय देखि विभिन्न अवसरबाट वञ्चित हुँदै आएका छन् । तिनीहरुको विकासका लागि यी यस्ता कार्यक्रमले एकदम महत्त्वपूर्ण भुमिका खेल्न सक्ने भएकोले आगामी वर्षमा पालिकाले समेत यस्ता कार्यक्रमहरु सञ्चालन गर्नेछ । प्रमुख अतिथि कै रूपमा दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले युवा सम्मेलनले घोषणा गरेका बुदाहरु कार्यन्वयन गर्न सकारात्मक रहेको बताउनुभयो। उहाँले यसै आर्थिक वर्षभित्र स्थानीय युवा परिषद् गठन गरिने जानकारी समेत गराउनु भएको छ ।

त्यस्तै स्थानीय युवा अभितयन्ता तथा राष्ट्रिय युवा परिषदका प्रशिक्षक युवराज खड्काले उक्त कार्यक्रम निकै उपलब्धि मुलक रहेको बताउँदै चार दिने बसाईमा धेरै कुरा सिकाउन पाइएको बताए। उनले भने देशका विभिन्न क्षेत्रमा कार्यक्रमहरु सञ्चालन तथा प्रशिक्षण गराउँदाको अनुभव र दर्मामा प्रशिक्षण गराउँदाको अनुभव एकदम फरक छ । अन्य स्थान भन्दा दर्माका युवाहरु सक्रिय र जेहन्दार छन् । हरेक कुरामा चासो राख्ने तथा व्यक्तिगत अनुभव साझा गर्दै बहस पैरवीमा भाग लिने गरेको पाइयो। जुन पालिका र पालिकाको विकासको लागि एकदम राम्रो संकेत हो। अगाडी दिनमा समेत पालिकाले यस्ता कार्यक्रमहरु सञ्चालन गरि युवाको विकासमा सहयोग गर्नेछ भने हामी जस्ता युवा परिषदका प्रतिनिधि तथा प्रशिक्षकले पालिकालाई गर्न सक्ने सम्पुर्ण सहयोग गर्ने जिकिर गरे।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस