सल्यान, १५ चैत।
आजबाट माध्यामिक शिक्षा परिक्षा एसइई परीक्षा सुरु भएको छ । आजबाट हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सल्यानबाट ४ हजार ५ सय ८२ जना बिद्यार्थीले परिक्षा दिदैछन । जिल्लाभरका ८२ वटा सामुदायिक बिद्यालय, ८ वटा सस्थागत र १ खुल्ला बाट गरि ४ हजार ५ सय ८२ जना बिद्यार्थी एसइइ परिक्षामा सहभागि हुन लागेको शिक्षा बिकास तथा समन्वय इकाइ सल्यानले जनाएको छ ।
जिल्लाभरका सामुदायिक विद्यालयबाट ४ हजार ४ सय ३१ जना र संस्थागत विद्यालयबाट १ सय ५१ जनाले एसईई परीक्षा दिन लागेका हुन् । तीमध्ये तिन हजार १ सय ७ जना छात्रा र दुई हजार ४ सय ७५ जना छात्र रहेको इकाइ प्रमुख लाल बहादुर घर्तिमगरले जानकारी दिनुभयो । उहाँका अनुसार परिक्षाको लागि जिल्ला भरि २५ वटा परिक्षा केन्द्र तोकिएको छ । यो वर्ष नियमिततर्फ चार हजार पाँच सय ८२ र ग्रेड वृद्धिका ३७ जना विद्यार्थीले परीक्षा दिन लागेको उहाँले बताउनु बताउनु भयो ।
त्यसमध्ये जिल्ला कारागार सल्यानका एक जना कैदीले परीक्षा दिन लागेको उहाँले बताउनु भयो । एसईई परीक्षा दिनेमा २ सय ९२ जना प्राविधिक धारतर्फका विद्यार्थी हुन् । यो वर्ष सबैभन्दा बढी शारदा माध्यामिक विद्यालय शंखमुल परिक्षा केन्द्रबाट २ सय ९५ जना र सबैभन्दा कम जनज्वती माध्यामिक बिद्यालयको परिक्षाकेन्द बाट ९९ जनाले परिक्षा दिन लागेका छन ।
यस्तै बिद्यालय तर्फ सबैभन्दा कम त्रिबेणी माबि टोटके बाट ५ जना र सबै भन्दा बढि शिवजन माबि बाट १ सय ५४ जना रहेका छन । यो वर्ष गत वर्षको तुलनामा ४ सय जना विद्यार्थी घटेका छन् । परिक्षाको लागि २५ वटा परिक्षा केन्द्रमा सुरक्षाकर्मी बाहेक ४ सय २३ भन्दा बढि जनशक्ति परिचालन गरिएको छ ।