सल्यान उद्याेग बाणिज्य संघकाे निर्वाचन नमुना मतपत्र स्थगित

सल्यान, २० चैत।

निर्वाचन तालिका रहेपनि अहिलेसम्म सार्वजनिक हुन सकेकाे छैन् ।

निर्वाचन मण्डलले दुवै प्यानलबीच सहमति नहुँदा आफुहरुले नमुना मतपत्र सार्वजनिक गर्न नसकेकाे र अर्काे निर्णय नहुँदासम्मलाइ नमुना मतपत्र स्थगित गरेकाे निर्वाचन संयाेजक बिर बहादुर सेजुवालले बताए । ‘हामीले १६ गते दुवै प्यानलका प्रमुखलाइ बाेलाएर नमुना मतपत्र बनाउने विषयमा छलफल गराउँदा दुवैकाे कुरा नमिलेपछि स्थगीत गरिएकाे हाे’, संयाेजक सेजवालले भने ।

निर्वाचन मण्डलले अघिल्ला पटकका चुनावमा क्रमागत रुपमा गरिरहेकाे काम जस्तै नगरेर दुवै पक्षबीच विवाद पार्ने हिसाबले अन्तिममा आएर नमुना मतपत्र स्थगित गरेकाे एकपक्षले आराेप लगाइरहेकाे छ । तर निर्वाचन मण्डलका संयाेजक विर बहादुर सेजवालले उम्मेदवारीकाे सबै काम सकेर लिस्ट सार्वजनिक गरेपछि दुवै पक्षका अध्यक्षहरुलाइ बाेलाएर अघिल्ला निर्वाचनमा छलफल गर्ने र त्यहि अनुसार काम गरिरहेकाे बताउँदै याे पटक पनि त्यसै अनुसार गरेकाे बताए ।

‘हामीले अघिल्ला निर्वाचनमा गरेजस्तै ११ गते फरकफरक नाम प्यानलकाे काेलम बनाएर दुवैकाे नाम सार्वजनिक गरिऔं त्यसपछि नमुना मतपत्र बनाउँदा दुवै पक्षलाइ बाेलाएर सहमती गराएर मात्रै बनाउन लाग्दा दुवैकाे सहमती हुन सकेन्’, उनले भने । चार दलीय संयुक्त प्यानलले अघिल्लाे निर्वाचन जस्तै फरकफरक काेलममा प्यानल सहितकाे नमुना मतपत्रकाे माग गरेकाे छ भने । दुइ दलीय संयुक्त लाेकतान्तिक प्यानलले नामकाे अल्फवेड (अक्षर)अनुसार नमुना मतपत्र बनाउनुपर्ने माग गरेकाे छ ।

अहिलेसम्म नमुना मतपत्र सार्वजनिक नहुँदा उम्मेदवारहरुलाइ मत माग्न अन्याैल भैरहेकाे छ ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस