एमाले सल्यानमा चुनाव हुने सहमति, भोलि मतदान

सल्यान, २१ चैत।

एमाले सल्यानको १० औं जिल्ला अधिवेशन चुनावी प्रक्रियमार्फत अगाडि बढेको छ । जिल्ला सचिवमा महिला अनिवार्य कोटा राख्नुपर्ने प्रस्ताव खारेजी भएसँगै चुनावी प्रक्रियामा जाने सहमति भएको हो ।
एमाले पोलिटब्युरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज भैरव सुन्दर श्रेष्ठ र प्रदेश कमिटी अध्यक्ष गुलाब जंग शाहको निर्देशनमा पार्टीको बिधान विपरित पार्टीको जिल्ला कमिटी सचिब पदमा महिला मात्रै हुनुपर्ने गरि हलमा प्रस्ताव ल्याएपछि अस्तिदेखि अधिवेशन स्थगित भएको थियोे ।
आज उक्त प्रस्तावबाट शाह र श्रेष्ठ ब्याक सरेेसँगै चुनावी बाटो खुलेको हो । बेलुका ६ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय रहेको छ भने भोलि बिहान ८ बजेदेखि दिउँसो दिनबजेसम्म मतदानको समय रहेको छ ।
एमाले सल्यानमा कुल प्रतिनिधि ३५२ रहेका छन् । पालिकाबाट आउने भूगोल सदस्यहरु सर्वसम्मत भएपनि जिल्ला पदाधिकारी र खुल्ला सदस्यमा निर्वाचन हुने भएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस