रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ३ रन्मामा आगलागीमा परी ६ जना घाइते

सल्यान,२८ चैत।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ३ रन्मामा आगलागीमा परी ६ जना घाइते भएका छन् । रन्मा गाउँ देखि पारीको चत्रा भिरमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट खसेका ढुङ्गा ठोक्किँदा आगलागी भएको बताइएको छ । उक्त आगलागीमा परेर गोरेटो बाटो खनिरहेका ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

आगलागिमा परी घाइते हुनेहरुमा दाँत बुढा मगर, उज्ज्वल बुढा मगर, थपनबहादुर बुढा मगर, सम्झी बुढा मगर, गोरा बुढा मगर र पुत्र बुढा मगर रहनुभएकाे छ । उनीहरूको उद्धारका लागि इलाका प्रहरी कार्यालय रन्माबाट प्रहरी टोली घटनास्थल तर्फ गएकाे छ। घटनास्थलमा पुग्न अति नै कठिन भएको स्थानीय सागर विश्वकर्माले बताउनुभयो । भौगोलिक कठिनाइका कारण घाइतेको उद्धार गर्न समय लागेकाे बताइएकाे छ ।  

जंगलमा आगाे फैलिरहेकाे स्थानीयले बताएका छन् । आधा गाउँलेहरु अझै मंग्रा डाँडामा फसेको र आगो नियन्त्रणमा आएपछि मात्रै उनीहरु गाउँ फर्कन सक्ने अबस्था रहेको स्थानीयकाे भनाई छ ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस