वनस्पति विभागको ६४ औं बार्सिकोत्सव तथा २५ औं वनस्पति दिवसको  अवसरमा  पाठक सम्मानित

सल्यान, २९ चैत।

वनस्पती अनुसन्धान केन्द्र सल्यानका डा. मित्र पाठक  सम्मानित भएका छन् ।
वनस्पति विभागको ६४ औं बार्सिकोत्सव तथा २५ औं वनस्पति दिवसको  अवसरमा  पाठक सम्मानित भएका  हुन । वन तथा वातावरण मन्त्री  नवल किशोर साह सुडिको प्रमुख आतिथ्यता  तथा  सचिव डा. दिपक कुमार खरालको विशेष आतिथ्यमा उक्त कार्यक्रम  भएको हो । वनस्पती बिज्ञ एवं वनस्पती अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डा मित्र पाठक पनि कदर पत्र सहित सम्मानित भएका छन । वनस्पती क्षेत्रमा हाल सम्म उनले गरेको  अनुसन्धानको योगदान एवं कार्यालय प्रमुखको भूमिकाको योगदान  स्वरूप  डा.पाठकलाई  कदर पत्र सहित सम्मान गरिएको हो ।  यसले थप उर्जा थपिएको महसुस भएको डा. पाठकको भनाइ छ । सल्यान लाई  पर्यटन  र शैक्षिक हब बनाउन लागि परेका डा. पाठकका ४ दर्जन बढी बैज्ञानिक लेखहरु, विभिन्न पुस्तक,  सम्पादन   तथा विभिन्न पत्र पत्रीकामा  झन्डै ३ दर्जन लोकप्रिय बैज्ञानिक लेखहरु प्रकासित रहेका छन् ।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस