सल्यानकाे छत्रेश्वरीमा आगलागीबाट ७ वटा घरगाेठ जलेर नष्ट

सल्यान,१९ बैशाख।

सल्यानकाे छत्रेश्वरीमा आगलागीबाट ७ वटा घरगाेठ जलेर नष्ट भएका छन। छत्रेश्वरी गाउँपालिका -५ दियारगाउँ नजिकै रहेको महेन्द्र बहुमुखी सामुदायिक वनमा लागेको आगाे बस्तीमा पस्दा अहिलेसम्म ७ वटा कच्ची घरगाेठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

छत्रेश्वरी गाउँपालिका -५ दियारगाउँका थल बहादुर घर्ती, माेहन वली, टाेकाराम वली, प्रेम वली, धनबहादुर घर्ती, शेर बहादुर वली र खुमबहादुर वलीकाे घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताए।

आगाे आज दिउँसो करिब १ बजेबाट लागेको हाे। आगलागीकाे खबर लगत्तै प्रहरी चौकि भाेटेचौर र इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरी टाेलि र स्थानीयले आगाे नियन्त्रणमा लिने प्रयास गरिरहेको डिएसपी कार्कीले बताए।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस