दार्मा गाउँपालिकामा २ दिने निःशुल्क पशु स्वास्थ्य शिविर संचालन हुदै

सल्यान,१४ जेठ।

दार्मा गाउँपालिकामा २ दिने निःशुल्क पशु स्वास्थ्य शिविर संचालन हुदै
सल्यान जिल्लाकाे दार्मा गाउँपालिकामा सल्यान जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यलय र शहिद नेत्रलाल बहुप्राविधिक शिक्षालय सल्यानकाे आयोजना र दार्मा गाउँपालिका को समन्वयमा र जिल्ला सल्यानकाे आर्थिक सहयोगमा निःशुल्क पशु स्वास्थ्य शिविर संचालन हुने भएको हाे। दार्मा गाउँपालिकाे वडा नम्बर ५ काे वडा कार्यालयमा जेठ १७ गते र वडा नम्बर १ काे वडा कार्यालयमा जेठ १८ गते बिहान ११ बजे देखि २दिने निःशुल्क पशुपन्छिकाे उपचार र आैषधि वितरण र विशेष गरि भेडा बाख्राहरुमा निःशुल्क पि.पि.आर. लगाउने कार्यक्रम र तथा निःशुल्क कुकुरहरूमा रेबिज खाेप लगाउने कार्यक्रम अनि निःशुल्क बहर र बाेका बन्ध्याकरण कार्यक्रम र पशुपन्छि पालन सम्बन्धि परामर्श र सेवा रहेको बारे दार्मा गाउँपनलिका पशु शाखा प्रमुख समीर नेउपानेले जानकारी दिनु भएको छ।

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस