नगरपालिका स्तरीय दाेस्राे पढाइ मेला सम्पन्न

सल्यान,१५ जेठ।

नगरपालिका स्तरीय दोस्रो पढाइ मेला सम्पन्न भएको छ । शारदा नगरपालिकाको आयोजना    रुम टु रिड  सल्यानको प्राविधिक सहयोगमा नगर स्तरीय दोस्रो पढाइ मेला मंगलबार सम्पन्न भएको हो ।  त्रिभुवन जन मावि लुहापिङ खलंगाको परिसरमा  भएको पठाइ मेलामा नगरका आधारभूत र मावि सहित ४३ वटा विद्यालय सहभागी भएका थिए । सहभागी विद्यालयले छुट्टाछुटै स्टलहरुमा आफुले निर्माण गरेका शैक्षिक सामाग्रीहरु प्रदर्शनी गरेका थिए । कार्यक्रमका सहभागीहरुले विभिन्न विद्यालयले निर्माण गरेका  शैक्षिक सामाग्रीहरुको अवलोकन गरेका थिए भने । उत्कृष्ठ शैक्षिक सामाग्री प्रदर्शनी गरेका विद्यालयलाई पुरस्कृत समेत गरिएको थियो ।  कार्यक्रम बोल्दै प्रमुख अतिथि बेलाराम रावलले शारदा नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै पठाई मेला जस्ता सृजनात्मक कार्यलाई अरु पालिकाले समेत अनुशरण गर्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश भण्डारीले शिक्षा क्षेत्रको सुधार संगै बालबालिकालाई सृजनात्मक क्रियाकलापमा अग्रसर बनाउनका लागि पढाइ मेलाले निरन्तता पाएको बताउदै बालवालिकाको कला, प्रतिभा र सीपलाई उजागर गर्नका लागि मेलाले टेवा पुर्याएको बताए । उनले मेला सफल बनाउन सहकार्य गर्ने संघ संस्था र सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरेका हुन्  । कार्यक्रममा  शैक्षिक सामाग्री प्रदर्शनी अन्तर्गत आधारभुत तह १ देखी ५ सम्म शारदा आवि चैवाङ, खड्ग देवी आवि,ज्योति पुञ्ज एकेडेमी क्रमश प्रथम, दोस्रो र तेस्रो भएका थिए । त्यस्तै त्रिजमावि लुहापिङ र सरस्वती आवि सान्त्वना भएका थिए । आधारभूत तह ५ देखी ८ सम्म  भुवनेश्वरी आवि, शिव मावि, शिवजन मावि र महेन्द्र रत्न माविले क्रमश प्रथम, दोस्रो र तेस्रो र सान्तवना स्थान प्राप्त गरे, शैक्षिक सामाग्री प्रदर्शनी अन्तर्गत नै मावि तह ९ देखी १२ सम्म शिवजन मावि, त्रिभुवन जनमावि लुहापिङ, मोर्डन तुल्सी एकेडेमी र मित्र प्याराडाइज एकेडेमीले क्रमश प्रथम, दोस्रो र तेस्रो र सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । उत्कृष्ट शैक्षिक सामाग्री प्रदर्शनी गरेर प्रथम, दोस्रो र तेस्रो र सान्त्वना भएका विद्यालयलाई नगद सहित पुरस्कृत गरिएको थियो । पढाइ मेला अन्तर्गत संचालित पठन सिप प्रतियोगितामा एम।एम एकेडेमीका सलिना मगर प्रथम, महेन्द्र रत्न मावि पिपलनेटाका सविता कवर दोस्रो, मोर्डन तुल्सी एकेडेमीका मनिशा रोका तेस्रो र शिव मावि मुलडाँडाका जेनिशा बोहराले  सान्त्वना स्थान प्राप्त गरेका थिए ।  त्यस्तै कथा तथा कविता लेखन प्रतियोगितामा महेन्द्र रत्न मावि पिपलनेटाका बोनिशा महर्जन प्रथम, त्रिभुवन जन मावि माल्नेटाका वर्षा पुन दोस्रो, ज्योतिपुञ्ज एकेडेमीका सुदिप शर्मा तेस्रो र शिवजन मावि शीतलपाटीका उज्ववल सुनारले सान्त्वना स्थान प्राप्त गरेका थिए  । त्यस्तै चित्रकला प्रतियोगितामा मित्र प्याराडाइज बोर्डिङ स्कुलका मोनिका सिंह ठकुरी,शिवजन माविका मनिशा खड्का, मोर्डन तुल्सी एकेडेमीका इसिता वली र त्रिभुवन जन मावि मार्केका भुपेन्द्र बुढाथोकीले क्रमश प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गरेका थिए  ।

पठाइ मेलामा आयोजना गरिएका सबै प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने विद्यार्थीहरुलाई नगद प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । मेलाकै अवसरमा १४ औं जिल्ला स्तरीय रनिङशिल्ड प्रतियोगितामा शारदा नगरपालिकालाई तेस्रो स्थान दिलाउने खेलाडीहरुलाई सम्मान सहित पुरस्कृत गरिएको छ । शारदा नगरपालिका १४ बरलामा जन्मिई अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २ स्वर्ण र १ कास्य पदक विजेता राजन भण्डारीलाई पनि सम्मान गरिएको थियो । त्यस्तै शारदा नगरपालिकाले शैक्षिक सत्र २०७९÷०८० मा संचालन गरेको नगर स्तरिय कक्षा ८ को परीक्षामा उत्कृष्ठ हुने सामुदायिक र संस्थागत विद्यालयका छात्र छात्रलाई सम्मान सहित पुरस्कृत गरिएको छ । २०८० सालको एसइइ मा नगर मै उत्कृष्ठ नतिजा प्राप्त सामुदायिक र संस्थागत विद्यालयका छात्र छात्रालाई समेत सम्मान सहित पुरस्कृत गरिएको छ । जसमा संस्थागत विद्यालयबाट जिल्लामै उत्कृष्ट हुने सुविना विष्ट समेत रहकी थिइन्  । पठाइ मेलामा उप प्रमुख सुस्मिता सापकोटा सुनार, सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्का, निमित्त प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, प्रहरी निरीक्षक भवानी प्रसाद धमला, शारदा नगरपालिकाका कार्यपालिका सदस्यहरु, वडाका जनप्रतिनिधिहरु, रुम टु रिडका कार्यक्रम व्यवस्थापक खड्ग बहादुर कुवर, दलित विकास समाजका अध्यक्ष हेमराज विक। लगायत विभिन्न सरोकारवालका कार्यालयका प्रमुख प्रतिनिधि, नगरका कर्मचारी, पत्रकार, शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिती रहेको थियो । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लिलाधर बबालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रुम टु रिडका कार्यक्रम व्यवस्थापक खड्ग बहादुर कुवर, वडा अध्यक्षको तर्फबाट १२ नम्बर वडा अध्यक्ष सुरेन्द्र बुढा, नगर उप प्रमुख सुस्मिता सापकोटा सुनारको मन्तव्य रहेको कार्यक्रमको उद्घोषण टेकराज शाहीले गरेका थिए ।
कार्यक्रमका सबै सहभागीले सस्वर बाचन संगै विभिन्न विद्यालयले साँस्कृतिक प्रस्तुती समेत राखेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस