लमजुङ जिल्लाको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प

सल्यान,२१ जेठ।

लमजुङ जिल्लाको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताजेगाउँ आसपास केन्द्रविन्दु भएर ३.७ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत चैत ४ गते रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस