सल्यान,२२ श्रावण
नेपाल रेडक्रस सोसाइटी सल्यानले दार्मामा भूकम्प पुन लाभ कार्यक्रम सञ्चालनका लागि गतिविधिमा तीव्रता दिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यान द्वारा सञ्चालित कर्णाली पुनर्लाभ कार्यक्रम का गतिविधिमा तीव्रता दिई राखेको हो ।
गत कार्तिक १७ गते राति जाजरकोटको रामिडँडा केन्द्र विन्दु बनाइ गएको भूकम्पका कारण सल्यानको दार्मा गाउँपालिकामा ठुलो सङ्ख्यामा भौतिक क्षति भएको थियो । क्षतिग्रस्त दार्मागाउँ पालिकामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यान द्वारा सञ्चालित कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम अन्तरगत जीविकोपार्जन कार्यक्रम , स्वास्थ्य तथा सरसफाइ ,अस्थायी आवास , लैङ्गिक र समावेशिता , विपद् जोखिम न्यूनीकरण , स्थलगत क्षमता विकाश का कार्यक्रम सञ्चालन गरिने छ ।
कार्यक्रमबाट दार्मा का ४ हजार घरधुरी प्रत्यक्ष लाभान्वित हुने कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम सञ्चालन भइरहेको संयोजक जगत तामाङले जानकारी दिनुभयो ।
संयोजक तामाङले पुनर्लाभका कार्यक्रम सञ्चालन गर्नाको लागि कार्यक्रम को तर्फबाट तदारुकता साथ लागि परेको बत्ताउँदै दार्माका जनताले कार्यक्रम सम्पन्न गर्न आआफ्नो तर्फबाट सहयोग गर्न अपिल गर्नु र्भको छ ।
तोकिएकै समयमा कार्यक्रम सम्पन्न गर्न सुरु देखिनै स्थानिय सरकारले सहज भूमिका खेल्दै आएको बत्ताउँदै स्थानीय सरकार सँग समन्वय प्रभावकारी हुने बत्ताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला सल्यान का सभापति यौवन प्रकाश श्रेष्ठले जीविकोपार्जन अन्तर्गत दार्माका १७४ घरपरिवार लाई कृषि र पशुमा लगानी गरी आत्मनिर्भर बनाउने उद्देश्य ले प्रतिपरिवार ५० हजार रुपैयाँ ससर्त अनुदान सहयोग गरिनेवताउदै स्थलगत विकाश अन्तर्गत शौचालय निर्माण , खानेपानि आयोजना हरू सम्पन्न गरिने जानकारी दिनुभयो यस्तै विपद् जोखिम न्यूनीकरण अन्तर्गत स्थानिय तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र LEOC सञ्चालन गरी सामाग्रीगत सहयोग गरिने सभापति श्रेष्ठले जानकारी गराउनु भयो ।