सल्यान,१५ भदौ
सल्यान बागचौरका एक कर्मचारीले कार्यक्रममा अपमानजनक रुपमा दुर्व्यवहार गरेको नगर प्रमुखलाई आरोप लगाएका छन ।
प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा कार्यरत एकराज केसीले विहिबारको स्वास्थ्य सम्बन्धी बार्षिक समिक्षा गोष्ठीमा आफुलाई दुर्व्यवहार गरेको भन्दै बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमलाई आरोप लगाएका हुन ।
नगर प्रहरी परिचालन गरेर कार्यक्रमबाट बाहिर निकालेपछि जे पनि गर्न सक्छु भनेर धम्की दिएको भन्दै केसीले न्यायका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिएका छन ।
पत्रकारसंगको कुराकानीमा नगर प्रमुख गौतमले आफुमाथी गलत आरोप लगाउने एकराज केसी कार्यक्रम असफल बनाउने गरी लागेको र अराजक बनेर राजनीतिक तरिकाले प्रस्तुत भएको बताएका छन । उनले समिक्षा कार्यक्रममा कार्यालय प्रमुख हुदाहुदै गलत तरिकाले प्रस्तुतिकरण गर्न पुगि विषयबस्तु भन्दा बाहिर गएर प्रस्तुतीकरण गरेको भन्दै केसीलाई विषयबस्तु भन्दा बाहिर गएर कुरा नराख्नलाई रोकेको बताएका हुन ।
उनले भनेः “कार्यक्रम विथोल्ने उदेश्यले अगाडी जाने अनि पछाडीबाट भिडियो बनाउने र बदनाम बनाउने गरी पुर्व योजना अनुसार केहि कर्मचारी त्यो गर्नुभएछ, अहिले सबैले उहाँलाई नराम्रो गर्नुभयो भन्ने छ, यो राम्रो भएन ।”
उनले सामाजिक संजालमा आएको भिडियो इडिट गरेर हामीलाई नराम्रो देखाउनलाई राखिएको भन्दै आफुले नीति विधि भन्दा बाहिर नजान भन्दै रुलिङ गरेको बताए ।
कर्मचारी केसीले भने आफुलाई राजनीतिक प्रतिशोध साँध्न मेयरले पटक पटक अन्याय गर्दै आएको बताएका छन । उनले समिक्षामा स्वास्थ्य क्षेत्रका राम्रा कुरा गर्दा केहि नबोलेका मेयरले केहि सुधार गर्नपर्ने विषय राख्दा नगर प्रहरी लगाएर हातपात गर्दै रोकेको भन्दै तथ्यांकको जानकारी आफुलाई हुने भएकाले कार्यालय प्रमुखकै निर्देशनमा प्रस्तुतिकरणमा गएको बताए । उनले भनेः “म सिनियर अहेव छैठौं अधिकृत हु, मेयर सापले सहायक कर्मचारी भन्नुभएको छ त्यो कसरी भन्नुभयो थाहा भएन म मेरो कार्यालय प्रमुखको निर्देशनमा काम गरिरहेको छु ।”
फरक आश्थाकै आधारमा बागचौरका कर्मचारी माथी नगरप्रमुखले पटकपटक विभिन्न बहानामा दुःख दिइरहेको भन्दै उनले आफुलाई अन्याय भएको बताए ।