मृत्यु संस्कारलाई सहज र सरल बनाएर समाजसेवासंग पनि जोड्न

सल्यान,१५ बैशाख।

मृत्यु संस्कारलाई सहज र सरल बनाएर समाजसेवासंग पनि जोड्न सकिन्छ।
परम्परागत,झन्झटिलो र खर्चिलो मृत्यु संस्कार बदल्नुपर्ने बहस चलिरहेको र प्रयास भइरहेको बेला दार्मा ५ ढाकाडामकोटमा आफ्नो बुवाको सम्मानमा ५ अाैँ दिनमा शोक तथा श्रद्धाञ्जली सभा,जीवनी वाचन,वृक्षरोपण,अक्षयकोष घोषणा,श्रमिकहरुलाई दान गरेर परिवारद्वारा दिवंगत फत्तेबहादुर चन्दको सम्मान गरिएको छ।यो अनुकरणीय र प्रशंसनीय कार्य हो।

नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा सल्यान जिल्ला सचिव क. मदन सि काे दिवंगत बुबा काे ५ अाैं दिनको शाेक सभामा उपस्थित नेकपा केन्द्रीय सदस्य तथा सचिवालय सदस्य चन्द्रबहादुर खड्का (असल सि) , दार्मा गाउँपालिका अध्यक्ष श्री निम बहादुर के.सि (अरुण) लगाएत दार्मा ५ ढाकाडामकाेट चन्द परिवार र नेकपा कार्यकर्ता र श्रमिक समुदाय दर्मालि समुदाय अामा-बुबा दाजुभाईकाे उपस्थितिमा वृक्षरोपण गरेर ५ दिने शाेक सभा सम्पन्न गरिएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के.सि अरुणले बताउनु भएको छ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस