सल्यानको दार्मामा ३ दिनसम्म चलेको स्वास्थ्य शिविर झण्डै एक हजारले सेवा

सल्यान,१४ बैशाख।

सल्यानको दार्मामा ३ दिनसम्म चलेको स्वास्थ्य शिविर झण्डै एक हजारले सेवा लिएका छन । दार्मा गाउँपालिकाको आयोजनामा भएको शिविरमा ९ सय ९७ जनाले स्वास्थ्य सेवा लिएका हुन । 
बुधबारबाट ३ दिनसम्म चलेको शिविरमा सेवा लिनेहरुमा महिलाहरु धेरै रहेका छन । २ सय ६२ पुरुषले सेवा लिदा ७ सय ३५ महिलाले स्वास्थ्य सुविधा लिएको स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले जानकारी दिए । 
आधारभुत स्वास्थ्य सेवा केन्द्र, दार्मा ३ थुम्केसल्लीमा भएको शिविरमा ओपिडि, ल्याव, भिडियो एक्सरे, महिला बालबालिका तथा बुद्धहरुको चेक जाँच उपचार तथा परामर्श, मनोसामाजिक परामर्श तथा निःशुल्क औषधी वितरण सेवा प्रदान गरिएको हो । 
जसमा २०६ जनाले भिडियो एक्सरे, २ सय ५१ जनाले ल्याव जाँच, ३२ जनाले मनोसामाजिक परामर्श र १६ जनाले घुडा तथा हड्डी सम्बन्धी फिजियोथेरापी सेवा लिएका छन । 
शिविर रेडक्रस महासंघ र क्यानेडियन रेडक्रसको आर्थिक सहयोगका साथै नेपाल रेडक्रस सोसाइटी सल्यान शाखा र दार्मा गाउँपालिकाको समन्वयमा भएको हो ।
त्यस्तै दार्मा गाउँपालिकाले आइतबारबाट आँखा जाँच मोतिविन्दु छनौट शिविर र ६० बर्ष माथिका जेष्ठ नागरिकका लागि प्रेसर र सुगर चेकजाँच सम्बन्धी शिविर पनि संचालन गर्दैछ । 
आइतबार देखि दार्मा १ दार्माकोट स्वास्थ्यचौकीबाट शुरु हुने शिविर शुक्रबार दार्मा ६ को ज्यामिरेचौर आधारभुत स्वास्थ्य सेवा केन्द्रमा पुगेर सकिनेछ  । 
सोमबार वडा नं. २ को झ्यारीवाङ्ग आधारभुत स्वास्थ्य सेवा केन्द्र, मंगलबार दार्मा आधारभुत स्वास्थ्य सेवा केन्द्र, बुधबार भल्चौर स्वास्थ्यचौकी र विहिबार ढाकाडाम स्वास्थ्यचौकीमा शिविर संचालन हुनेछ । 
मोतिविन्दु छनौट शिविरबाट छनौट भएकालाई बैशाख २४ र २५ गते निःशुल्क सल्यक्रिया गरिनुका साथै यातायात, खाना र बासको व्यवस्थापनि गरिएको छ । शिविरमा चस्मा आवश्यक पर्नेहरुलाई चस्मा निःशुल्क प्रदान गरिनेछ । 
शिविरलाई प्रविधिक रुपमा राप्ती आँखा अस्पताल रक्षाचौर दाङ्ग र नेपाल नेत्र ज्याति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशले समन्वय गरेर सहयोग गर्नेछन ।   

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस