शुक्रबार मृतक बिकको परिवारलाई १४ लाख रुपैयाँको चेक हस्तान्तरण

सल्यान,१४ बैशाख।

सल्यान बागचौर नगरपालिका वडा नं. ५ सेताडाँडाका बालाराम बिकको बैदेशिक रोजगारको शिलशिलामा मलेसियामा गत माघ १८ गते मृत्यु भएको थियो । मृत्यु भएका बिकको दावी भुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त गरेको एक हप्तामै आइ.एम.ई लाइफ इन्स्योरेन्सले दावी भुक्तानी गरेको छ ।
शुक्रबार मृतक बिकको परिवारलाई १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । एक वर्ष अगाडी आइ. एम. ई लाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका बिकको मृत्यु पश्चात निजको परिवारलाई एक कार्यक्रमका बिच दाबी भुक्तानी दिइएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले मृतक बिमितको परिवारलाई बिमा रकम हस्तान्तरण गर्दे मृत्यु पश्चात पनि परिवार प्रतिको दायित्व निर्वाह गर्ने एक मात्र माध्यम जीवन बीमा रहेको बताए । मृतकको दावी भुक्तानी छिटोछरितो तरिकाले गरेकोमा आइएमई लाइफ इन्स्योरेन्सलाई धन्यवाद प्रकट गरे । बिमा बाट प्राप्त रकम बालबालिकाको शिक्षादिक्षा स्वास्थ्य उपचार र परिवारको सुनौलो भविष्यका लागि लगानी गर्न परिवारलाई अनुरोध गरेका हुन् ।

कार्यक्रममा बिमाको बारेमा जानकारी गराउदै आइएमई लाइफ इन्स्योरेन्स सल्यान शाखा प्रमुख भरत रोकायले बैदेशिक रोजगारी बिमा ,जिवन बिमा,म्यादी बिमाको बारेमा जानकारी गराउदै दावि भुक्तानीको सम्पुर्ण प्रकियामा स्थानिय सरकारले खेलेको भुमिका र पहल कदमीको उच्च प्रसंसा गर्दै धन्यवाद ज्ञापन गर्नुको साथै दावि भुक्तानी बाफतको रकम उत्पादन मुलक क्षेत्रमा लगानी गर्न महत्त्वपूर्ण मानिने बताए । साथै ग्रमिण क्षेत्रमा बिमा सचेतना कार्यक्रम अगाडी बढाउनु पर्ने आवश्यकता रहेको र स्थानीय सरकारको समन्वयमा बिमा जागरण कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
बागचौर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष जोगेन्द्र वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गौतम, बिशिस्ट अतिथि आइएमई लाइफ इन्स्योरेन्स सल्यान शाखा प्रमुख भरत रोकाय, अतिथिहरुमा कार्यपालिका सदस्य रेशम बिक, विभिन्न राजनीतिक दलका नेता, शिक्षक, ब्यापारी, जेष्ठ नागरिक, महिला समूह, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण आइएमई लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर रेशम भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस