नयाँ शैक्षिक सत्रको पठनपाठन कहिलेदेखि सुरु हुन्छ त ?

४ फागुन,२०७८ सल्यान ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रको पठनपाठन जेठदेखि सुरु गर्ने भएको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले जेठ १ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चैत महिनाभरि पढाइ हुने र वैशाखमा परीक्षा सञ्चालन हुनेछ । वैशाखमै नतिजा प्रकाशन र नयाँ भर्ना प्रक्रिया पनि अघि बढ्ने छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस