सल्यान उद्योग वाणिज्य संघको अध्यक्षमा बिरेन्द्र कुमार श्रेष्ठ र उनी नेतृत्वको प्यानलकाे विजय

सल्यान ,९ बैशाख।

सल्यान उद्योग वाणिज्य संघको अध्यक्षमा बिरेन्द्र कुमार श्रेष्ठ र उनी नेतृत्वको प्यानलले नै जित निकालेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको समर्थनमा संयुक्त व्यवसायिक प्यानलका सबै उम्मेदवार बिजयी भएका हुन् । अध्यक्षमा निर्वाचित श्रेष्ठले ७७० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी भरत कुमार बस्नेतले ६३५ मत प्राप्त गरे । नेपाली कांग्रेस र राप्रपाको समर्थनमा संयुक्त लोकतान्त्रिक व्यवसायिक प्यानलबाट बस्नेत नेतृत्वका उम्मेदवारहरुले प्रतिस्पर्धा गरेका थिए ।

यस्तै संयुक्त व्यवसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र कुमार थापाले ८५५, वाणिज्य उपाध्यक्षमा राजेन्द्र बहादुर भण्डारीले ९४५, उद्योग उपाध्यक्षमा पलविर नेपालीले ७३६, महासचिवमा मोहन सारुले ८६०, सचिवमा रन बहादुर खडकाले ७८५ र कोषाध्यक्षमा नरेन्द्र बुढा मगरले ८५६ मत प्राप्त गरेर बिजयी बनेको निर्वाचन संयोजक वीर बहादुर सेजवालले जानकारी दिए ।

निकटतम प्रतिस्पर्धि संयुक्त लोकतान्त्रिक व्यवसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धिरज केसीले ५१०,वाणिज्य उपाध्यक्षमा चन्द्र बहादुर बुढाले ४१३, उद्योग उपाध्यक्षमा हपिस भण्डारीले ६२७, महासचिवमा मान बहादुर वलीले ५०१,सचिवमा ईन्द्रा भण्डारीले ५७१ र कोषाध्यक्षमा कमल घर्तिमगरले ४६५ मत प्राप्त गरे ।

यस्तै सदस्यहरुमा संयुक्त व्यवसायिक प्यानलका सबै उम्मेदवारहरु महिला सदस्यमा हिरा चन्द, बिमला गिरी, गिता घर्ती, दलित सदस्यमा प्रकाश परियार, जनजाती सदस्यमा हरी बहादुर गुरुङ, अल्पसंख्यकमा मुस्तपा मिया र खुला सदस्यहरुमा गोफलो वली, चन्द्र बहादुर राना, बिरजंग वली, छबिलाल बिसी, बिर बहादुर डाँगी, लिलाधर शर्मा, टोप बहादुर वली र बस्तुगत सदस्यमा लाल बहादुर खत्री बिजयी भएका छन् ।

नया नेतृत्व चयनका लागि शनिबार १४९५ जनाले मत खसालेका थिए । मतदाता संख्या १९२६ थियो ।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस