ट्रकमा हात्ती चढाएर कतार पठाएको भनिएको भिडियो फेक

चितवन,१३ बैशाख

ट्रकमा हात्ती चढाएर कतार पठाएको भनिएको भिडियो फेक रहेको छ। कतारलाई उपहारस्वरुप पठाउने भनिएको दुईवटा हात्ती तत्काल कतार नजाने भएका छन् । कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने काम केही दिनलाई रोकिएको स्रोतले बतायो । यसअघि कतारका अमिर शेख तमिम बिन हमाद अल थानी हिजो स्वदेश फर्कने बेलामै हात्ती पठाउने भनिएको थियो । तर कतार पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी पूरा भए पनि कतारको तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका राजा शेखसँगै ती नलगिएका हुन ।
हात्ती उपहार दिने सहमति तत्कालीन राष्ट्रपति विधादेवी भण्डारीको पालामा भएको गृहमन्त्रालय स्रोतले बताएको छ । भण्डारी कतार गएको बेला हात्ती उपहार दिन वचन दिएकी थिईन् । बिशिस्ट पाहुना नेपाल आउदा उपहार दिने चलन राजाकालिन समय देखि चल्दै आएको छ ।
कतार पठाउने भनिएका हात्ती अहिले पनि चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस