तुलसीपुर महोत्सव उद्घाटनका लागी लुुम्बिनी प्रदेशका मुख्यमन्त्री आउने ।

मंसिर २२ तुल्सिपुर ।
तुलसीपुरमा चन्द्र सुर्य यातायात प्रालिको आयोजनामा हुन लागेको प्रथम प्रादेशिक फेस्टिबल महोत्सवको उद्घाटन लुुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले गर्ने भएका छन् ।

दाङको पर्यटन प्रवद्धनकालागि विहीबारदेखि सुरु हुन लागेको महोत्सवको उद्घाटन गर्न मुख्यमन्त्री तुलसीपुर आउन लागेको माओवादी केन्द्र तुल्सिपुरले जानकारी दिएको छ ।

मुल आयोजक कमिटीका संयोजक सम्भु रेग्मीले दाङको पर्यटन प्रवद्धनका लागि महोत्सव आयोजनागर्न लागिएको हो । उनका अनुसार महोत्सवको तयारी पूरा भएको छ ।

महोत्सव अवधीभर प्याराग्लाइडीङको पनि सुबिधा रहेको छ । महोत्सव बरुवागाउँमा सञ्चालन हुँदैछ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस