सल्यान जिल्लाका १२ बर्षिया सुजन वस्नेत १२ दिन देखि वेपत्ता,खोजीको लागि सबैमा परिवारको आग्रह

सल्यान,१४ बैशाख।

सल्यानका सुजन बस्नेतलाई खोजी गर्दिन परिवारले सवैमा आग्रह गरेका छन् ।

जिल्लाको बागचौर नगरपालिका वडा नं.१ गैरावेत निवासी १२ बर्षिया सुजन बस्नेत केहि हप्ता देखि सम्पर्क विहिन भएकाले खोजी कार्यमा सहयोग गर्दिन बुवा टेकबहादुर बस्नेतले सवैमा अनुरोध गर्नु भएको छ ।

सुजनलाई वैशाख २ गते बिहान ६ बजे सोही ठाउँका आफ्नै साथीले घुम्न जाम भनेर घरबाट लिएको र ३ गते सम्म पनि दुवै जना सम्पर्कमा न आएपछि खोजी कार्यमा आफुहरु लागेको बुवा टेकबहादुर बस्नेतले बताउनु भयो ।

उहाँले वैशाख ४ आफ्नो छोरा सहित गाउँका अन्य दुई जनाले नेपालगन्जको एक पसलमा मोबाइल बेच्दै गरेको खवर पायको र उनिहरु लाई समाउन खोज्दा त्यहाँ बाट भागेको बताउनु भयो ।

नेपालगन्ज बाट सम्पर्क विहिन भएका ३ जाना बालक मध्य २ जना बालकलाई वैशाख १० गते भारतको रामपुर सितापुर बाट प्रहरीले नियन्त्रणमा लिएको कुरा, आफुहरले जानकारी पायको सुजनकि काकी सुशीला केसी ( बस्नेत)ले बताउनु भयो ।

बस्नेतका अनुसार सुजनका दुवै जना साथिलाई आफुहरुले फोन सम्पर्क गरेर बुझ्दा उनिहरुले कहिले सुजन नेपाल बाटै आफुहरु संग न आएको,कहिले आफुहरु संग पैसा नहुदा तिनै जना नेपालगन्ज बाट भारतको रामपुर सितापुर सम्म हिडेर आएको र सोही ठाउँको एक उखु बारीमा तीन जना सुतेको र विहान उठ्दा सुजन त्यहाँ बाट सम्पर्क विहिन भएको जस्ता कुरा सुन्दा आफुहरु झन चिन्तित भएको बताउनु भयो ।

शुसिलाका अनुसार प्रहरीले नियन्त्रणमा लिएका दुई बालकलाई भारत प्रहरीले आफन्तको जिम्मा लगाएको र भारतमा बस्ने आफ्न्तले उनिहरुलाई आफ्नो सम्पर्कमा लि सकेको र आफ्न्त संघ आफुहरुले कुरा गर्दा हामीलाई थाहा छैन भन्ने जवाफ पाउने गरेकाले,कानुनी प्रक्रियामा आफुहरु लागि परेको बताउनु भयो ।

बस्नेत परिवारले सुजनलाई भेटाउने जो कोहिले पनि आफुहरुलाई सम्पर्क गरिदिन आग्रह गर्नु गरेको छ। सुजनलाई फेला पार्ने जो कोहिले पनि ९८०८७६२१५२ र ९८०६२११५८३ मा सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस